काठमाडौं । सिंगापुरमा शुक्रबारबाट सुरु हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज प्रत्यक्ष प्रशारण हुने भएको छ ।
सिंगापुर क्रिकेट एसोसिएसनले नेपाल, सिंगापुर र जिम्बावेबीच हुने सिरिज प्रत्यक्ष प्रशारण हुने जनाएको छ ।
सिंगापुर क्रिकेटका अनुसार सिरिजका सबै खेल विसी स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
सिरिजका लागि नेपाली टिम सिंगापुर पुगिसकेको छ । नेपालले शुक्रबार जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । नेपाल र जिम्बावेबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
यस्तै शनिबार नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ ।
यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।