• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्यान निर्वाचन – त्रिकोणात्मक प्रतिस्पर्धा !
खेलपाटी संवाददाता
बिहीबार, असोज ९, २०७६ खेलपाटी संवाददाता
क्यान निर्वाचन – त्रिकोणात्मक प्रतिस्पर्धा !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि आन्तरिक दौडधुप सुरु भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गरे लगत्तै केन्द्रिय निर्वाचन शुक्रबार र शनिबार हुदैछ ।

नेपाली क्रिकेटको नेतृत्व हत्याउन तीन समूह आन्तरिक दौडधुपमा व्यस्त छ ।

लामो समय नेपाली क्रिकेटको नेतृत्व गरेको विनयराज पाण्डे, निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र राखेप सदस्य बिनोद मैनाली नयाँ नेतृत्वका लागि दौडधुपमा व्यस्त छन् ।

जिल्ला र प्रदेश गरि ५९ प्रतिनिधिले क्यानको आसन्न साधारण सभामा भाग लिनेछन् । सहभागी प्रतिनिधिमा बहुमत (३० मत) जुटाउन सक्ने समूहले नेपाली क्रिकेटको नेतृत्व गर्नेछ ।

पर्सी शुक्रबार औपचारिक उद्घाटन हुने साधारण सभा शनिबार सकिनेछ । प्रमुख अतिथीका रुपमा खेलकुद मन्त्री जगत विश्वकर्मा र राखेप सदस्य सचिव रमेश सिलवाल रहनेछन् ।

स्वतन्त्र कमिटिले निर्वाचन मण्डलको भुमिका निर्वाह गर्नेछ । राखेप प्रतिनिधिले निर्वाचनलाई परिवेक्षण गर्नेछन् । परिवेक्षकको रुपमा आईसीसीका उपाध्यक्ष ईमरान ख्वाजा सहितको टिम सहभागी हुनेछ ।

५९ मतको खेल !

३९ जिल्ला र ७ प्रदेशका ५९ प्रतिनिधिले क्यानको नयाँ नेतृत्व चयन गर्नेछन् । ३९ जिल्लाबाट १–१ जना प्रतिनिधि र बाँकी प्रतिनिधि प्रदेशबाट आएका छन् । जसले अध्यक्ष, उपाध्यक्ष, सचिव, कोपाध्यक्ष सहित १७ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

प्रदेश १ संग ५ जिल्ला सहित ८ भोट रहेको छ । जिल्ला प्रतिनिधिको रुपमा अर्जुन पौडेल, लाक्पा लामा, रोशन बुढाथोकी, कैलाश विष्ट र शम्भु शर्मा छन् । प्रदेश प्रतिनिधिको रुपमा नेकपाको भातृ संगठन युवा संघका केन्द्रिय नेता मिंग्मा दण्डु शेर्पा, शिरिष उपाध्याय र मनोज कटुवाल छन् ।

प्रदेश २ संग ८ जिल्ला सहित १२ भोट रहेको छ । पुर्व कप्तान पवन अग्रवाल जिल्ला प्रतिनिधिको रुपमा आउँदा हिरा भगत, पवन गुप्ता, दाउद अन्सारी, आयुष श्रेष्ठ, सुनिल महासेठ, रोशनकुमार सिंह र माधव कर्माचार्य जिल्ल प्रतिनिधि बनेर आएका छन् । प्रदेश प्रतिनिधिको रुपमा अनिल शर्मा, आकाश पाण्डे, मुर्तुजा हवारी र सुनिलकुमार शाह छन् ।

प्रदेश ३ संग ६ जिल्ला सहित ९ भोट रहेको छ । विनयराज पाण्डेको प्रभाव रहेको प्रदेशमा दिपेन्द्र ढकाल, कैलाश प्रधान, नरेश राना, अमितबिर पाण्डे, उपेन्द्र भट्टराई छन् । प्रदेश प्रतिनिधिको रुपमा प्रफुल्ल वैद्य, किरण क्षेत्री र दर्गाराज पाठक रहेका छन् ।

निकै महत्वपुर्ण मानिएको प्रदेश ४ संग ४ जिल्ला सहित ६ भोट रहेको छ । क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा प्रतिनिधि रहेको जिल्लामा सुदिप शर्मा, सन्जयकान्त सिग्देल, राजबाबु श्रेष्ठ रहेका छन् । यस्तै ऋषीराम गौतम र प्रकाश पौडेल प्रदेश प्रतिनिधि छन् ।

प्रदेश ५ र ६ संग ८ जिल्ला सहित १२ भोट छ । बिनोदकुमार मैनाली जिल्ला प्रतिनिधिको रुपमा आउँदा अशोकनाथ प्याकुरेल, प्रशान्तबिक्रम मल्ल, राजेश श्रेष्ठ, प्रदीप मजगैया, प्रकाश गैरे र कृण्णप्रसाद श्रेष्ठ र प्रकाश गैरेले जिल्लाबाट प्रतिनिधित्व गरेका छन् । प्रदेश ६ को सुर्खेत प्रतिनिधिको रुपमा पदमबहादुर खड्का रहेका छन् । प्रदेश प्रतिनिधिको रुपमा सन्जय गुरुङ, सन्जयराज सिंह, श्रीधर केसी र विनयराज भण्डारी रहेका छन् ।

प्रदेश ७ संग ८ जिल्ला सहित १२ भोट रहेको छ । चुतुरबहादुर चन्द प्रतिनिधि जिल्लाबाट बिक्रम विष्ट, जयन्ती भट्ट, बासुदेव जोशी, दिनेश सिंह, धिरेन्द्र साउद, बिरेन्द्रबहादुर चन्द र प्रबिन्द्रबहादुर धामी प्रतिनिधि रहेका छन् ।

प्रदेशबाट हरि रेग्मी, हरिप्रसाद उप्रेती, तेजप्रकाश भट्ट र आशिषकुमार खत्री प्रतिनिधि छन् । 

को छ बलियो ?

चुनावी सरगर्मी बढ्दै जादाँ मुख्य तीन समूह आन्तरिक जोड घटाउनमा व्यस्त छ ।

सुरुवाती हिसावमा निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्द समूह बलियो देखिएको छ । प्रदेश नम्बर ७, ५ र ६ मा चतुरको अवस्था अरु भन्दा राम्रो छ ।

प्रदेश नम्बर २ बाट समेत उनले राम्रो मत ल्याउने एक जिल्ला प्रतिनिधि दाबी गर्छन् । बहुमत प्रदेशमा राम्रो पकड बनाएका चतुर केन्द्रिय निर्वाचनमा बहुमतको निकै नजिक छन् ।

जिल्ला र प्रदेश प्रतिनिधिसग सहज सम्पर्क बनाएका चतुरले स्पष्ट बहुमतको दाबी सहित चुनावी मैदानमा होमिएका छन् ।

चन्दले सचिवमा अशोकनाथ प्याकुरेललाई समावेश गर्दै प्यानल उतार्ने तयारी गरेका छन् ।

चतुरबहादुर चन्द ईतरको समुहले अंक गणितमा चन्द पक्ष बलियो देखिएपनि भनिए जस्तो सुविधाजनक बहुमत नभएको दाबी गर्छ । तर चतुर समूहसंग कम्तिमा २५ मत रहेको भने स्विकार गर्न तयार देखिन्छ ।

दोस्रो शक्ति – नेकपा

क्यानको आसन्न निर्वाचनमा सत्तारुढ दल नेकपा दोस्रो शक्तिको रुपमा देखिन्छ । क्रिकेटमा नेकपाको नेतृत्व गर्ने विनोद मैनालीले दोस्रो समूहलाई नेतृत्व गरिरहेका छन् । उनले महासचिवमा नेकपाका युवा नेता मिंग्मा दण्डु शेर्पालाई प्रस्ताव गर्दै संयुक्त प्यानल निर्माणको तयारीमा जुटेका छन् ।

विनोद यसअघि चुतर समूहका उपाध्यक्ष थिए । तर उनले यसपटक चतुर समूहमा जाने सम्भावना समाप्त भएको बताईसकेका छन् । बरु चन्द ईतरका समुहलाई एकजुट बनाएर चुनावमा जाने वा पार्टीकै निर्देशन र तयारीमा वेग्लै प्यानल खडा गर्ने बिषयमा मैनालीले आन्तरिक छलफल चलाएका छन् ।

सरकारी पक्ष भएका कारण दोस्रो शक्तिको रुपमा नेकपा समूह आफुसंग कम्तिमा १८ भोट रहेको दाबी गर्छ ।

विनयराज पाण्डे टिम

नेपाली क्रिकेटका पुराना खेलाडी विनयराज पाण्डे अध्यक्षको उम्मेदवार सहित चुनावी मैदानमा उत्रिएका छन् । तर उनले टिम खडा गर्न सकेका छैनन् ।

महासचिवमा पवन अग्रवाललाई लिएर चुनाव लड्ने उनको ईच्छा छ । तर अंक गणितमा कमजोर देखिएको तेस्रो शक्ति एक्लै टिम खडा गरेर चुनाव जित्न सक्ने अवस्थामा छैन । पाण्डे समुहले करिब १० मत प्रभावित पार्न सक्ने बाँकी दुइ समुहकाे बुझाइ छ । 

नेकपा–विनयको गठबन्धनको प्रयास

बहुमतको नजिक देखिएका चन्द समुहलाई रोक्न सत्तारुढ दल नेकपा र विनराज पाण्डेको समूहले संयुक्त प्यानल बनाउने गृहकार्यलाई अघि बढाएको छ । एक्लै चुनाव लडेर जित्न नसक्ने दुवै पक्ष स्विकार गर्छ । दुवै पक्षलाई मिलाएर प्यानल बनाउने कामको अगुवाई राखेप सदस्य सचिव रमेश सिलावालले गरिरहेका छन् ।

सदस्य सचिव सिलवालले पाण्डेलाईनै सरकारको उम्मेदवारको रुपमा खडा गर्दै टिम बनाउने कसरत गरेका हुन् ।

तर पाण्डे भने क्रिकेटका नयाँ अनुसार मिंग्मा दण्डुलाई सचिवमा स्विकार गर्न तयार छैनन् । शेर्पा सदस्यको रुपमा क्रिकेटमा आउनुपर्ने उनको सुझाव छ ।

पाण्डे आफै पुर्व कप्तान पवन अग्रवाललाई सचिवमा लिएर अघि बढ्न चाहन्छन् । पुर्व कप्तान पवनले कुनै पदमा दाबी गरेका छैनन् । सोही कारण पाण्डेले स्विकार गर्ने नेकपाकै परिचित अनुहारलाई सचिवमा राख्दै पाण्डे नेतृत्वको प्यानल उठाउने सरकारी पक्षको तयारी छ ।

पाण्डेसंग सहकार्य नभए विनोद मैनाली नेतृत्वमा नयाँ टिम खडा गर्ने गरि समेत छलफल अघि बढेको नेकपाको एक नेताले खेलपाटीलाई बताए । नेकपामा खेलकुद हेर्ने गणेशमान पुन, पुरुषोत्तम पौडेल समेत पाण्डेलाई नेतृत्वमा समावेश गर्दै चुनावी टिम खडा गर्ने तयारीमा छन् ।

पाण्डेसंग मिलेरमात्र चतुर समूहलाई निर्वाचनमा टक्कर दिन सक्ने सरकार पक्षिय टिमको बुझाई छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
पोखराले गर्‍यो कप्तान कुशललाई रिटेन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP