• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
‘अभ्याससंगै अनुभवको आवश्यकता’
गिता राई
बुधबार, असोज ८, २०७६ गिता राई
‘अभ्याससंगै अनुभवको आवश्यकता’

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले आगामी कात्तिक र मंसिरमा दुई ठुला प्रतियोगिता खेल्दै छन् ।

नेपालीले आगामी कात्तिकमा बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्नेछ ।

त्यस लगत्तै नेपाली टोलीले घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गर्दैछ ।

नेपाली टोली यतिबेला १३ औं सागको बन्द प्रशिक्षणमा रहेका छन् । नेपाली टिम गत साउन १ गतेबाट प्रशिक्षणमा होमिएका थिए । तर, बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टिमका खेलाडीहरु भने मैत्रीपूर्ण खेलको अभाव महसुस गरिरहेका छन् ।

सागको बन्द प्रशिक्षणमा रहेका खेलाडीले आफुहरुको प्रर्दशनको परिक्षण गर्न समेत मैत्रीपूर्ण खेलको आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रिय टिमकी महत्वपुर्ण सदस्य रेश्मा भण्डारीले प्रशिक्षणमा बसेको दुई महिना बितेको बताउँदै आफ्ना कमीकमजोरी सुधार गर्न अभ्यास खेलको आवश्यक रहेको बताईन् ।

‘बन्द प्रशिक्षणमा अभ्यास गरेको दुई महिना भैसक्यो । अभ्यासले खेलमा कति सुधार भयो भन्ने थाहा छैन । सोही कारण मैत्रीपूर्ण खेलको आवश्यकता छ,’ उनले भनिन् ।

‘खेलाडीबीच राम्रो सम्बन्ध भएपनि खेलमा तालमेल मिलाउने अनुभव लिन सकेको छैनौ । सोही कारण जति सक्दो धेरै खेल खेल्न आवश्यक छ ।’ रेश्मा थप्छिन् ।

उनले बंगलादेशमा कात्तिक २२ देखि २७ सम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपले साग खेल्न धेरै सहयोग पुग्ने समेत बताईन् ।

‘सागमा केन्द्रित भईरहदाँ सेन्ट्रल जोनले सहयोग मिल्नेछ । विदेशीसँग खेल्न पाइन्छ र टिम अझै सेट हुन्छ । नयाँ अनुभव पनि हुन्छ ।’ उनले थपिन्, ‘नयाँ खेलाडीको खेल निखारिएको छ । सबैले राम्रो गरिरहेका छौ ।’

अर्की खेलाडी प्रतिभा मालीले भलिबल टिमको अभ्यास निकै राम्रो भएको बताईन् ।

‘पहिला भन्दा अभ्यास र तयारी धेरै राम्रो छ । लामो समय ट्रेनिङ भयो । पहिला एक, डेढ महिना अभ्यास हुन्थ्यो,' प्रतिभाले भनिन्, 'तर, अहिले चार महिना जति अभ्यास भईरहेको छ । पहिला ‘पावर’ अभ्यास भएको थिएन । अहिले हप्ताको दुई दिन गरिरहेका छौ ।’

उनले सेन्ट्रल जोन महिला भलिबललाई लिएर खेलाडी निकै उत्साहीत रहेको प्रतिक्रिया दिईन् ।

‘पहिलो पटक हुन लागेको छ, धेरै खुशी छौ । नयाँ अनुभव हो र हामीलाई अनुभवको खाँचो छ । अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पाउदा भाग्यमानी महशुश गरिरहेको छु,’ उनी भन्छिन् ।

प्रतिभाले एभिसी सेन्ट्रल जोन खेल्ने टिमको बिषयमा टुङ्गो नभएपनि सागमा स्वर्ण जित्ने लक्ष्य राखेको खुलाईन् ।

‘सबै खेलाडीको पहिलो लक्ष्य स्वर्ण नै हो,' प्रतिभाले भनिन्,'हामी सबैको लक्ष्य स्वर्ण हो ।’

उनले बन्द प्रशिक्षणमा रहँदा प्रर्दशन सुधारिएको बताईन् । ‘सुरुमा घरबाट आउने जाने हुदाँ गाह्रो भैरहेको थियो । बन्द प्रशिक्षण हुँदा आराम गर्ने अनि खेल्ने हुन्छ । सबै ध्यान खेलमा मात्र भईरहन्छ । खेल पनि राम्रो भईरहेको छ,’ प्रतिभाले थपिन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP