भक्तपुरमा बाल खेल महोत्सब शुरु
बिहिबार, ३१ जेठ २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
भक्तपुर । सुर्यबिनायक नगरपालिकामा बाल खेल महोत्सब शुरु भएको छ । बालकोटस्थित धारापाटीमा संचालन भएको खेल महोत्सबामा एथ्लेटिक्सका ५० मिटर, १ सय मिटर, १५० मिटर, २ सय मिटर र सटपुुट खेल रहेका छन् ।
सुर्य बिनायक नगरपालिका बाल खेलकुद उपभोक्ता समितिद्धारा धारा पाटीमा संचालित बाल महोत्सबमा फुटबल, कराँते र साईकिलिङका खेल पनि समाबेश गरिएको छ ।
असार २ गते सम्म संचालन हुने प्रतियोगिताको रेफ्रीलाई कराँते खेल सामाग्रि हस्तान्तरण गदै वडा प्रतिनिधि सुवासकुमार कार्कीले बाल महोत्सबको उद्घाटन गरेका थिए ।













%20(1)-1777447778534.jpeg&w=3840&q=75)


