• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
महिला भलिबल – अनुभवकै खाँचो
गिता राई
बुधबार, असोज ८, २०७६ गिता राई
महिला भलिबल – अनुभवकै खाँचो

काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीमा फाइदा पुग्ने बताएका छन् ।

बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन च्याम्पियनसिप कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ । नेपालको महिला टिमले समेत सेन्ट्रल जोन खेल्ने पक्का भईसकेको छ ।

सेन्ट्रल जोन लगत्तै नेपालमा १३ औं साग मंसिर १५ देखि २५ गतेसम्म हुनेछ । अहिले नेपाली टिम सागको बन्द प्रशिक्षणमा व्यस्त छ । त्यसैले उक्त प्रतियोगितामा विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीले अनुभव बटुल्ने अवसर प्राप्त गर्ने प्रशिक्षक भट्ट बताउँछन् ।

सागलाई लक्षित गरी नेपाली टिमले वैदेशिक प्रशिक्षणसँगै मैत्रीपूर्ण खेल खेल्ने योजना समेत बनाएको छ ।

‘हामीले वैदेशिक प्रशिक्षण र १० वटाभन्दा बढी मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएका छौ,’ प्रशिक्षक भट्टले खेलपाटीसँग भने, ‘मैत्रीपूर्ण खेल तथा वैदेशिक प्रशिक्षणको अनुभवले एभिसी सेन्ट्रल जोन तथा एसियाली खेलकुदमा ऐतिहासिक मेडल जित्न समेत सहयोग पुग्छ ।’

महिला टिमले थाइल्याण्डमा तयारी गर्ने योजना बनाएपनि पक्का नभईसकेको प्रशिक्षक भट्टले बताए ।

भलिबल टिमको बन्द प्रशिक्षणमा नयाँ खेलाडीको बाहुल्यता छ । पुरानो टिमका ६ खेलाडी बाहेक बाँकी सबै नयाँ अनुहार छन् । नयाँ खेलाडीमा धेरैको उमेर १५ देखि २० वर्षभित्र रहेको छ ।

प्रशिक्षक भट्टका नयाँ तथा युवा खेलाडीमा टिममा पर्ने तिव्र ईच्छा शक्ति हुने र राष्ट्रका लागि केही गर्ने संकल्प हुनाले प्रर्दशनमा फरक पर्ने बताउँछन् ।

भट्ट भन्छन्, ‘नयाँ तथा युवा खेलाडीमा केही गर्छु भन्ने इच्छा शक्ति हुन्छ । टिममा पर्न र देशका लागि केही गर्छु भन्ने हुन्छ । सोही कारण उनीहरु राम्रो प्रर्दशन दिन सक्छन् । त्यतिमात्र नभएर शारीरिक र मानसिक रुपमा समेत खेलाडी तयार हुनपर्छ । त्यहीं भएर हरेक ठाउँमा नयाँ खेलाडीले नै इतिहास रच्ने हो ।’

उनले भलिबल टिमको बन्द प्रशिक्षकमा रहेका खेलाडीमा धेरै सम्भावना रहेको उल्लेख गरे । ‘खेलाडीको फिटनेस राम्रो छ । हाइटको सुविधा बढी छ । हिजोका दिनमा सेटर होचा थिए । ब्लक र सर्भिस राम्रो भएको छ । शारिरीक रुपमा समेत बलिया छन्,’ उनले भने ।

नेपालले राष्ट्रिय खेलकुद विकास ऐनमै भलिबलाई राष्ट्रिय खेल उल्लेख गरेको छ । सागको १३ औं संस्करण घरेलु मैदानमा हुदैछ । सोही कारण नेपाली भलिबललाई घरेलु मैदानमा हुने सागमा राम्रो प्रर्दशन गर्दै पदक जित्नुपर्ने चुनौती छ ।

सोही अनुसार खेलाडीहरु दिनमा करिब २–३ घण्टा कडा अभ्यास गर्छन् । साथै फिटनेसको अभ्यास समेत गरिरहेका छन् । खेलाडी अनुभवमा मात्र नभएर शारीरिक र मानसिक रुपमा अब्बल हुनुपर्ने तर्क प्रशिक्षक भट्टको छ ।

उनी खेलाडीलाई अभ्यास मात्र नभएर प्रतियोगिता खेल्दा अनुभव बढ्न पाउने बताउँछन् ।

‘अब ट्रेनिङ भन्दा पनि खेल खेल्न पाए विगतको भन्दा उत्कृष्ट नतिजा निस्कन्छ भन्ने लाग्छ । दुई महिनामा १० वटा जति खेल खेल्न पायो भने सागमा समेत धेरै सहयोग पुग्छ,’ उनले भने । उनले एसियाली क्षेत्रमा भारत, श्रीलङ्का र ताजकिस्ताननै नेपालको मुख्य प्रतिस्पर्धी रहेको बताए ।

‘भारत, श्रीलंका र ताजिकिस्तान कडा प्रतिस्पर्धी हुन् । बाँकी टिमले नेपालसँग प्रतिस्पर्धा गर्न सक्दैन । हामी सेन्ट्रल एसियामा कडा चुनौती दिएर पदकको नजिक छौ,’ उनले थपे, ‘पहिलो संस्करणको सेन्ट्रल जोनमा ऐतिहासिक पदक जित्छौ भन्ने लागेको छ ।’

साग नियमित हुने र सेन्ट्रल जोन समेत प्रत्येक बर्ष आयोजना भए महिला भलिबलले फड्को मार्न सक्ने भट्ट बताउँछन् । उनी खेलाडीलाई निरन्तर अभ्यासमा जोड्न सके महिला भलिबल निकै माथी जान सक्ने धारणा राख्छन् ।

सागलाई लक्षित गर्दै साउन १ गतेबाट राखिएको बन्द प्रशिक्षणमा प्रारम्भिक टोलीमा २५ खेलाडी बोलाईएको थियो । प्रशिक्षणको दौरान ७ खेलाडी फालिए । पछिल्लो समय १८ खेलाडीले नियमित प्रशिक्षणमा छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP