राष्ट्रिय फुल कन्ट्याक्ट कराते शनिबार
शुक्रबार, असोज ३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) नेपालको आयोजनामा दोश्रो आईएफकेके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ४ तौलसमूहमा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् । ३० केजी, ४५ केजी, ५५ केजी र ६५ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । नगद पुरस्कारको पनि व्यवस्था रहेको बताइएको छ ।
प्रतियोगितामा विभिन्न जिल्लाका ९० खेलाडीको सहभागिता रहने छ । एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुनेछ ।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)