सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फिफा कंग्रेसमा एन्फाबाट विदेशी नागरिक किन ?

सोमबार, साउन ७, २०७५खेलपाटी संवाददाता
फिफा कंग्रेसमा एन्फाबाट विदेशी नागरिक किन ?
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले विदेशी नागरिकलाई नेपालको प्रतिनिधिको रुपमा विश्व फुटबल महासंघ फिफाको कंग्रेस बैठकमा सहभागी गराईएको तथ्य सार्वजनीक भएको छ ।

एन्फाले जर्मन नागरिक नविन पाण्डेलाई नेपाल प्रतिनिधिको रुपमा फिफा कंग्रेस बैठकमा सहभागी गराएको हो । फिफा कंग्रेस बैठकमा प्रत्येक देशमा ३ जना प्रतिनिधि सहभागी हुने व्यवस्था छ । सोही आधारमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्ना सल्लाहकार समेत रहेका जर्मन नागरिक पाण्डेलाई बैठकमा नेपालको प्रतिनिधिको रुपमा सहभागी गराएका छन् ।

रुसको मस्कोमा जुन १३ मा बसेको फिफा कंग्रेसको ६८ औं बैठकमा अध्यक्ष शेर्पासंगै महासचिव इन्द्रमान तुलाधर र पाण्डे सहभागी भएका थिए । सोही बैठकले सन् २०२६ को विश्वकप क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले गर्ने निर्णय गरेको थियो । विश्वकप आयोजनाकालागि भएको मतदानमा नेपालबाट अध्यक्ष शेर्पाले भोट हालेका थिए । शेर्पा र तुलाधरले मतदान नगर्ने स्थितीमा मतदानको अधिकार पाण्डेले प्राप्त गर्ने थिए ।

देशबाट प्रतिनिधित्व हुने विश्व फुटबलको सर्वोच्व निकाय फिफामा विदेशी प्रतिनिधिलाई समावेश गराएर एन्फाले गम्भीर त्रुटी गरेको छ । एन्फा अध्यक्षमा निर्वाचित भएलगत्तै शेर्पाले जर्मन नागरिक पाण्डेलाई आफ्नो सल्लाहकार रहने गरि अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेका थिए ।

एन्फा कार्यसमितिमा केन्द्रिय सदस्यहरुको विरोधका बाबजुत अध्यक्ष शेर्पाले फिफा कांग्रेसको बैठककालागि पाण्डेको नाममा निर्णय गराएका थिए । एन्फा अध्यक्ष शेर्पा नेतृत्वको हिमालयन शेर्पा क्लबमा रहेका पाण्डे अखिल नेपाल फुटबल संघको निर्वाचनमा शेर्पाको पक्षमा सक्रिय भएर लागेका थिए ।

एन्फा अध्यक्ष शेर्पाले मतदान आफुले गर्ने भएकाले प्रतिनिधिको बिषयले केही फरक नपर्ने खेलपाटीलाई बताए । फुटबल विकास गर्न छाडेर ब्यक्ति बिशेषको कुरा गर्न राम्रो नहुने उनको भनाई छ ।

शेर्पा एन्फा नेतृत्वमा निर्वाचित भएलगत्तै पाण्डेलाई अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा समेत नियुक्त गरेका थिए । सो बिषयलाई लिएर एन्फा कार्यसमितिमा चर्को आलोचना भएको नाम नबताउने शर्तमा एक एन्फा पदाधिकारीले जानकारी दिए ।

खेलकुद विकास ऐनमा विदेशी खेलाडी, प्रशिक्षक र अधिकारीलाई कुनैपनि पदमा नियुक्त गर्दा राष्ट्रिय खेलकुद परिषद राखेप र खेलकुद मन्त्रालयको सिफारिसमा परराष्ट्रमन्त्रालयसंग स्विकृत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, पाण्डेको नियुक्तीको बिषयमा एन्फाले राज्यसंग कुनै स्विकृती लिएको छैन् ।

राखेप खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले पाण्डेको बिषयमा परिषदलाई कुनै जानकारी नभएको बताए । कुनैपनि विदेशी नागरिकलाई राखेप र मन्त्रालयको सिफारिसमा परराष्ट्रबाट स्विकृती नलिई काम लगाउन नपाउने भन्दै उनले पाण्डेको बिषयमा थप अनुसन्धान आवश्यक रहेको बताए ।

एन्फा प्रवक्ता किरण राईले कार्यसमितिको निर्णय अनुसार पाण्डेलाई फिफा बैठकमा लगिएको बताउदै एन्फा प्रतिनिधिको रुपमा उनी सहभागी भएको स्विकार गरे । ‘अन्तराष्ट्रिय सम्बन्ध प्रमुखको हिसावमा फिफा कंग्रेस बैठकमा पाण्डेलाई सहभागी गराईएको हो ।’ उनले भने ।

 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

जनज्योतिको फराकिलो जित

जनज्योतिको फराकिलो जित

 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड