पदक विजेता कराते खेलाडी सम्मानित
शनिबार, भदौ १४, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल वादोरियो कराते संघले दोश्रो कामित्सुमा ओकुकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
अगष्ट २३ देखि २६ तारिखसम्म कम्बोडियामा भएको प्रतियोगिताअन्तर्गत पुरुष ५५ केजीमा पुरुषोत्तम पोखरेल तथा ६७ केजीमा विशाल खड्गीले कांस्य जितेका थिए ।
पुरुषोत्तमले भारत र सिंगापुर तथा विशालले कम्बोडिया र भारतका खेलाडीलाई पराजित गर्दै पदक जितेका थिए ।
वादोरियो कराते संघका कोषाध्यक्ष सूर्य राईलगायतले उनीहरुलाई खादा र फुलमाला लगाई सम्मान गरे ।
सोही अवसरमा टोलीको नेतृत्व गरेका वादोरियो कराते संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसीलाई पनि सम्मान गरिएको थियो ।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)