• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
महिला भलिबलकाे स्वर्ण जित्ने लक्ष्य
गिता राई
बुधबार, भदौ ११, २०७६ गिता राई
महिला भलिबलकाे स्वर्ण जित्ने लक्ष्य

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) को इतिहासलाई पल्टाएर हेर्दा महिला भलिबलले नेपाललाई तीन पटक काँस्य पदक दिलाईसकेको छ ।

नेपाली भलिबलले साग खेलकुदमा ल्याएको सर्वाधिक ठुलो पदक पनि यहिँ तीन काँस्य हो । पुरुष टिमले अहिलेसम्म पदक ल्याउन सकेको छैन ।

भलिबलले तेस्रो संस्करणबाट सागमा प्रवेश पाएको थियो । पहिलो पटक पुरुष भलिबल मात्र समावेश गरिएको थियो ।

श्रीलंकाको कोलम्बोमा आयोजना भएको पाँचौ सागमा पहिलो पटक महिला भलिबल समावेश गरिएको थियो । तर, नेपाली महिला भलिबल टिमले आठौं सागबाट मात्र प्रतिस्पर्धा जनाउन थाल्यो ।

घरेलु भूमि काठमाडौंमा सन् १९९९ मा भएको आठौं सागमा नेपाली महिला भलिबल टिमले पहिलो पटक प्रतिस्पर्धा गरेको थियो । र, महिला टिमले पहिलो सहभागितामै काँस्य पदक जितेर इतिहास रचेको थियो । काँस्यको लागि भएको भिडन्तमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

सन् २००४ मा पाकिस्तानको इस्लामावादमा भएको नवौं सागमा भने महिला भलिबललाई सहभागिता गराइएन । तर, सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको दशौं सागमा पुन: भलिबललाई सहभागी गराइयो ।

दशौं सागमा पनि नेपाली महिला टिमले काँस्य पदक हात पार्यो । माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेर नेपालले दोस्रो पटक काँस्य जितेको थियो ।

यस्तै सन् २०१२ मा भारतमा भएको बाह्रौं सागमा पनि नेपालले माल्दिभ्सलाई नै ३-० को सोझो सेटमा पराजित गर्दै काँस्य जितेको थियो ।

सागमा पुरुषको तुलनामा गर्विलो इतिहास बनाएको महिला भलिबल टोलीले घरेलु मैदानमा हुने १३ औं सागमा भने नयाँ इतिहास रच्ने योजना बनाएको छ । जसका लागि बन्द प्रशिक्षणमा रहेका महिला खेलाडीहरु दैनिक कडा अभ्यासमा पसिना बगाईरहेका छन् ।

घरेलु भूमिको सागलाई लक्षित गर्दै नेपाल भलिबल संघले साउनको पहिलो हप्ताबाटै खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा राखेको छ । प्रारम्भिक चरणमा २५ खेलाडीलाई प्रशिक्षणमा बोलाईएको छ । स्वर्ण जित्ने लक्ष्य लिएका खेलाडीहरु बिहान र बेलुका गरी दिनको दुई पटक प्रशिक्षण गरिरहेका छन् ।

‘हाम्रो गोल्डमेडल जित्ने लक्ष्य छ । र, यसकै लागि कडा प्रशिक्षण पनि गरिरहेका छौं,’ मुख्य प्रशिक्षक जगदिश भट्टले भने, ‘टिममा भर्खरका १६–१७ वर्षका खेलाडीहरु छन् र सबै इनरजेटिक छन् । उनीहरुमा धेरै जोस र जागर भरिएको छ ।’

मुख्य प्रशिक्षक भट्टले महिला खेलाडीले दैनिक ६–७ घण्टा प्रशिक्षण गरिरहेको बताए । दिनको दुई पटक गरिने कडा प्रशिक्षणको कारण खेलाडीहरु पनि निकै निखारिदै गएको प्रशिक्षक भट्ट बताउछन् ।

‘खेलाडीहरुले दिनको दुई पटक ६–७ घण्टा ट्रेनिङ गर्छन् । उनीहरुको खेल पनि राम्रो हुँदै गएको छ । प्रशिक्षकको नजरमा २५ जना खेलाडीहरुले नै राम्रो गरिरहेका छन् ,’ प्रशिक्षक भट्टले भने ।

प्रशिक्षक भट्टले सागमा तीन काँस्य जितिसकेको नेपालले घरेलु भूमिमा स्वर्ण जित्ने अवसर रहेको समेत बताए । ‘नेपालको स्वर्ण सम्भावना धेरै छ । हामीले भारत र श्रीलंकासँग प्रतिस्पर्धा गर्न प्रशिक्षणमा लागिरहेको छौ,’ उनले थपे ।

साग गेम्समो महिला भलिबलमा नेपालको कठिन प्रतिद्वन्दी भारत र श्रीलंका नै हो । साग इतिहासमा भारत र श्रीलंकाले नै स्वर्णमा कब्जा जमाउदै आएका छन् । यी दुई राष्ट्रलाई हराउँन सके नेपालले स्वर्ण जित्ने प्रशिक्षक भट्टले बताए ।

भलिबल संघले प्रारम्भिक चरणमा बोलाएको २५ सदस्यीय टोलीमा नियमित कप्तान बिनिता बुढाथोकी, मञ्जु गुरुङ लगायतका ६ खेलाडी नियमित सदस्यहरु टिम बाहिर रहेका छन् ।

प्रशिक्षक भट्टले टिम बाहिर रहेका खेलाडी भन्दा बन्द प्रशिक्षणमा रहेका खेलाडी राम्रो भएको समेत बताए । धेरै नयाँ खेलाडीको फिटनेस र खेल उत्कृष्ट हुँदा पुराना खेलाडी टिमबाहिर रहेको प्रशिक्षक भट्टको भनाई छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
पुलिसकी उषा उत्कृष्ट स्पाइकर
पुलिसकी उषा उत्कृष्ट स्पाइकर
न्यु डायमन्डकी सुमित्रा उत्कृष्ट मिडल ब्लकर
न्यु डायमन्डकी सुमित्रा उत्कृष्ट मिडल ब्लकर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP