स्वर्ण विजेता सविना सम्मानित
मंगलबार, १० भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । कुमारी बैंकले थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी स्वर्ण विजेता सविना श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ ।
सविनालाई कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सविनालाई ५० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरे ।
गत असारमा भएको प्रतियोगितामा सविनाले जुनियर महिला ४७ केजीमुनि स्वर्ण जितेकी थिईन् ।
यस्तै प्रतियोगितामा नेपालबाट महिला ५३ केजीमुनि सोनी राईले रजत तथा पुरुष ५५ केजीमुनि अनिश लामिछानेले कांस्य जितेका थिए ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)


