• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
नेपाली खेलाडीमा अनुभवको कमी - एबिङ
गिता राई
शनिबार, भदौ ७, २०७६ गिता राई
नेपाली खेलाडीमा अनुभवको कमी - एबिङ

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक हान एबिङले नेपाली खेलाडीमा अनुभवको कमी रहेको बताएका छन् ।

घरेलु कोर्टमा जारी एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा पाँचौ स्थान हासिल गरेपछि बोल्दै प्रशिक्षक एबिङले नेपाली खेलाडीलाई अन्तराष्ट्रिय र ठुला प्रतियोगितामा अनुभवको कमी रहेको बताए ।

पाँचौं स्थानको लागि भएको प्ले अफमा अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै नेपाल पाँचौं भएको थियो । खेलपछि बोल्दै डच प्रशिक्षक एबिङले नेपाली खेलाडी निकै क्षमतावान र मेहेनती भएपनि अनुभवको कमीले ठुला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न नसकेको बताए ।

'हामीले यस्तो खेल नखेलेका कारण प्रतियोगितामा सोचे अनुरुप प्रदर्शन गर्न सकेनौं । हामीले हप्ताको ६ दिन अभ्यास गर्यौं, धेरै मेहनत गर्यौं । तर, यस्तो खेल कहिले खेलेका थिएनौं,' प्रशिक्षक एबिङले भने, 'खेलाडीमा राम्रो स्किल्स छ । मेहनत छ । तर, अनुभवको निकै कमी रहेको छ । यो कुरा हामीले सुधार गर्नुपर्छ । प्रतिस्पर्धात्मक खेल खेल्नु पर्छ । अभ्यासले मात्र अब पुग्दैन । अनुभव र प्रतिस्पर्धात्मक खेलको पनि अनुभव आवश्यक पर्छ ।'

प्रतियोगितामा नेपाल जितविहीन बन्दै समूह चरणबाट बाहिरिएको थियो । समूह 'ए' मा रहेको नेपालले समूह चरणमा किर्गीस्तान र माल्दिभ्ससँग ३-० को सोझो सेटमा हार व्यहोरेको थियो ।

दुई हार व्यहोरेपनि नेपालले समूहको तेस्रो हुँदै पाँचौं स्थानका लागि अफगानिस्तानसँग खेलेको थियो । अफगानिस्तानविरुद्धको जित नेपालको सान्त्वना जित हो । तर, प्रशिक्षक एबिङले नेपालले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गरेपनि अनुभवको कमीले हार व्यहोरेको बताए ।

'प्रशिक्षकको अनुभवमा हेर्दा हामीले खेलेको पहिलो खेल निकै उत्कृष्ट थियो । किर्गीस्तानसँग हामीले राम्रो खेलेको हौँ । उनीहरु सानो उमेरबाट भलिबल खेल्छन त्यसैले उनीहरुको खेल माथिल्लो स्तरको छ ।  माल्दिभ्स निकै चतुर छ । उनीहरुले नआत्तिकन खेल खेले । तर, हामीले फोकस गुमाउन पुग्दा खेल हारेका थियौं,' प्रशिक्षक एबिङले भने ।

यस्तै प्रशिक्षक एबिङले अफगानिस्तानसँग खेलाडीले दबाबरहित खेलेको बताए । जसको कारण नेपालले जित निकाल्न सफल भएको उनको भनाई थियो ।

'पहिलो २ खेल हारेको कारण खेलाडीले दबाब महसुस गरिरहेका थिए ।  तर, मैले उनीहरुलाई दबाब नलिन भनेको थिए । जित सधै प्रदर्शनको आधारमा भर पर्छ,' प्रशिक्षक एबिङले थपे । 

यस्तै प्रशिक्षक एबिङले नेपालमा आयोजना हुने १३ औं सागमा उच्च प्रदर्शन गर्न धेरै अन्तराष्ट्रिय खेल खेल्न आवश्यक रहेको बताए । 

'प्रतियोगितामा राम्रो नतिजा ल्याउने हो भने यस्ता थुप्रै खेल खेल्न जरुरी छ ।  कहिले अन्य राष्ट्रलाई बोलाउने त कहिले आफै विदेश भ्रमणमा निस्कनु पर्छ,' एबिङले भने, 'सागमा पुन: माल्दिभ्ससंग खेल्नु छ । यस प्रतियोगितामा  हामीले सोझो सेटमा हारेका छौं तर सागमा कमसेकम प्रतिस्पर्धात्मक खेल खेल्नु पर्छ ।'

सेन्ट्रल जोनका लागि आएका प्रशिक्षक एबिङले नेपालको प्रदर्शनबाट गर्व गर्नु पर्ने समेत बताए । उनले नेपाली समर्थकहरुलाई यसरी नै सधै टिमको समर्थन गर्न अनुरोध समेत गरे ।  

'खेलमा जित खोज्नु भन्दा पनि प्रदर्शनलाई मध्यनजर गर्नु पर्छ । खेलाडीहरु निकै मेहनती छन् । भलिबलका लागि उनीहरु हरदम लागि परेका छन् । सबै जनाले खेलाडीलाई सहयोग गर्नुपर्छ,' एबिङले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीको पहिलो जित
लुम्बिनीको पहिलो जित
काठमाडौंको पहिलो जित
काठमाडौंको पहिलो जित
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
ललितपुरको लगातार दोस्रो जित
ललितपुरको लगातार दोस्रो जित
ललितपुरको सहज जित
ललितपुरको सहज जित
साविक विजेता कर्णालीको विजयी सुरुआत
साविक विजेता कर्णालीको विजयी सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लुम्बिनीको पहिलो जित
लुम्बिनीको पहिलो जित
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
मेसीलाई उछिन्दै अर्को कीर्तिमानतिर रोनाल्डो
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
घोडचडी संघको सोलिडारिटी प्रशिक्षक कोर्स सम्पन्न 
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोसँग मैत्रीपूर्ण खेल खेल्ने
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
‘म सिधै विश्वका उत्कृष्ट पाँच स्ट्राइकरमा पर्छु’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP