• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
ओलम्पिक चुनाव – राजिव 'आउट', पिताम्बर 'ईन' !
खेलपाटी संवाददाता
बिहीबार, भदौ ५, २०७६ खेलपाटी संवाददाता
ओलम्पिक चुनाव – राजिव 'आउट', पिताम्बर 'ईन' !

काठमाडौं । नेपाल एथ्लेटिक्स संघले नेपाल ओलम्पिक कमिटि एनओसीको चुनावमा राखेपको उपाध्यक्ष पिताम्बर तिम्सिनालाई प्रतिनिधिको रुपमा पठाएको छ ।

एथ्लेटिक्स संघका अध्यक्ष राजिव शाहले ओलम्पिक कमिटिको भाद्र २० गते हुने निर्वाचनमा राखेप उपाध्यक्ष तिम्सिनालाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको हुन् ।

एनओसीले बुधबार साँझ ५ बजेसम्म प्रतिनिधिको नाम पठाउने अन्तिम समयसिमा दिएको थियो ।

यसअघि एथ्लेटिक्स संघका अध्यक्ष शाहले आफ्नै नाम प्रतिनिधिको रुपमा एनओसीमा पठाएका थिए । तर खेलकुद मन्त्री जगत विश्वकर्मा र उपाध्यक्ष तिम्सिनाको चर्को दबाब थेग्न नसकेपछि उनले आफ्नो नाम फिर्ता लिदै अन्तिम समयमा उपाध्यक्षको नाम सिफारिस गरेका हुन् ।

संघको अवैधानिक चुनावालाई वैधता दिन सहयोग पु¥याएका राखेप उपाध्यक्षलाई ओलम्पिक कमिटिको प्रतिनिधि बनाउने निर्णय शाहले गरेका हुन् ।

‘सरकारको सहयोग बिना काम गर्न सकिदैन । ओलम्पिकमा मेरो ब्यक्तिगत कुनै रुचि छैन । सोही कारण उपाध्यक्षको नाम सिफारिस गरेको हुँ ।’ शाहले खेलपाटीसंग भने ।

राखेप उपाध्यक्षलाई प्रतिनिधि नपठाउन संघभित्रै समेत शाहलाई चर्को दबाब परेको थियो । तर सरकारी पक्षबाट निरन्तर दबाब आएपछि अन्तिम समयमा आएर शाहले निर्णय फेरबदल गरेका हुन् ।

उपाध्यक्ष तिम्सिनाले भने उपाध्यक्षको रुपमा आफुलाई धेरै संघबाट प्रतिनिधि बन्न प्रस्ताव आएको भन्दै एथ्लेटिक्स संघले प्रतिनिधिको रुपमा सिफारिस गरेको दाबी गरे ।

‘दबाब दिएको चिज थाहा छैन । राखेपको उपाध्यक्षको हैसियतामा धेरै संघले प्रस्ताव गरेका छन् । जुन संघले पठाए पनि जाने हो, नत्र केही छैन ।’ तिम्सिनाले खेलपाटीसंग भने ।

राजनीतिक साठगाँठ

शाह नेतृत्वको एथ्लेटिक्स संघले २०७५ साउनमै कार्यकाल पुरा गरेको थियो । लगत्तै संघले साउन २९ मा सौराहमा साधारण सभा गर्ने भन्दै राखेपसंग स्विकृती माग गरेको थियो । तर राखेपले प्रतिनिधि विवाद र एसियन गेम्सको कारण देखाउदै निर्वाचन गर्न दिएन । एसियाली खेलकुदको तयारीको कारण देखाउँदै राखेपको निर्देशनमा संघले २०७५ भदौ २२ गतेको निर्वाचन स्थगित गरेको थियो ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति सदस्य शाह संविधान सभाका सांसद समेत थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई संघको निर्वाचनको वातावरण बनाउन दबाब दिएका थिए । कांग्रेस सभापति देउवाले समेत शाहकै दबाबमा नेकपामा महासचिव विष्णु पौडेललाई फोन गरेर निर्वाचनको वातावरण मिलाईदिन आग्रह गरेका थिए ।

संघले २०७५ साल चैतको २४ गतेका लागि तोकेको साधारण सभाको नयाँ मिति समेत नजिकिदै थियो । यस अवस्थामा उनले आफ्नो कार्यकालमा निर्वाचन गर्ने वैधानिक हैसियत गुमाईसकेका थिए । राखेपको आलटार र अन्तराष्ट्रिय रुपमा निलम्बन गर्ने एसियाली एथ्लेटिक्स संघको चेतावनीपछि शाह थप दबाबमा थिए ।

त्यस अवस्थामा खेलकुद मन्त्रीको रोहबरमा शाह र राखेपबीच गोप्य लेनदेन भएको सम्बद्व स्रोत बताउँछ । शाहले आफु अध्यक्षमा बन्ने शर्तमा ओलम्पिक प्रतिनिधि सहित कार्यसमितिमा मनोनयन गरिने चार सदस्य सहमतीबाट मात्रै नियुक्ती गर्ने बाचा गरेका थिए ।

लगत्तै अघिल्लो दिनसम्म अनिश्चित बनेको एथ्लेटिक्स संघको साधारण सभा चैतको २४ गते चितवनको सौराहमा भयो । त्यसको प्रमुख अतिथी बनेर राखेप उपाध्यक्ष तिम्सिना पुगेका थिए ।

सिमिति जिल्ला प्रतिनिधि सहभागी गराउँदै चितवनमा भएको अवैधानिक चुनावलाइ राखेपकै जिम्मेवार ब्यक्ति प्रमुख अतिथी बनेर औपचारिक मान्यता दिने काम गरे ।

खेलकुद मन्त्री र राखेपले लगाएको त्यही अवैधानिक चुनावको ‘गुन’ शाहले ओलम्पिक कमिटिको चुनावमा आएर तिर्ने भएका छन् । लगत्तै साधारण सभाको भोलीपल्ट चैत २५ गते निर्वाचनबाट शाह दोस्रो कार्यकालका लागि निर्विरोध चुनिएका थिए । शाहको नेतृत्वमा १० सदस्यीय कार्यसमिति समेत चयन भएको थियो ।

ओलम्पिक छिर्ने तिम्सिनाको दाउ

खेल संघको विवाद समाधान गर्न खेलकुद मन्त्रालयले राखेप उपाध्यक्ष तिम्सिनाको नेतृत्वमा समिति गठन गरेको थियो । त्यही मेसोमा उपाध्यक्ष तिम्सिनाले आफ्नै नेतृत्वमा रहेको नेपाल पेन्टाथलनको विवाद समाधान गर्न भ्याए ।

राजेन्द्र श्रेष्ठलाई संघको अध्यक्ष बनाएर ओलम्पिक प्रतिनिधि बन्ने तिम्सिनाको दाउ थियो । तर तिम्सिनाको दाउमा त्यति खेर ‘ब्रेक’ लाग्यो । ओलम्पिक कमिटिले नेपाल पेन्टाथलन संघलाई ओलम्पिकको मान्यता दिन अस्विकार ग¥यो ।

असार २५ गते ओलम्पिक कमिटिको बैठकमा अध्यक्ष जिवनराम श्रेष्ठले गल्फ सहित चार संघलाई मान्यताको प्रस्ताव गरेका थिए । तर अधिकांश सदस्य अध्यक्षको प्रस्तावको विरोधमा उत्रिए । र अध्यक्षको सो प्रस्ताव पारित हुन सकेन ।

लगत्तै वैधानिकता गुमाएको शाह नेतृत्वको एथ्लेटिक्स संघलाई निर्वाचनमार्फत राखेपको वैधानिकता दिलाएर तिम्सिना ओलम्पिकको प्रतिनिधि बन्न सफल भएका छन् ।

पदाधिकारी मनोनयन अन्यौलमा

एथ्लेटिक्स संघको निर्वाचन भएको चार महिना बितेको छ । तर अध्यक्ष शाहले चार महिना बितिसक्दा समेत पदाधिकारी सहित ४ सदस्य अझै मनोनित गर्न सकेका छैनन् ।

खेलकुद मन्त्री र राखेपसंगको सल्लाहमा सदस्य मनोनित गर्ने बाचा गरेका शाहले मन्त्रालयबाट ‘ग्रिन सिग्नल’ नपाउँदा अघि बढ्न नसकेका हुन् ।

चार महिना बित्दा समेत कार्यसमितिलाई पुर्णता दिन नसक्दा संघ निष्कृय जस्तै छ । साथै आसन्न सागको तयारी समेत राम्रोसंग अघि बढ्न सकेको छैन । अध्यक्ष सहित ११ जना सदस्य निर्वाचनमार्फत आउने र चार जनालाई अध्यक्षले मनोनित गर्ने प्रावधान संघको विधानमा छ ।

अध्यक्षले मनोनयन गर्ने चार जनालाई १० जनाको कार्यसमितिले स्विकृती दिनुपर्ने छ । थप एक जना सदस्य राखेपले पठाउनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP