• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
खेलाडीको ध्यान खेलमा थिएन - प्रशिक्षक एबिङ
खेलपाटी संवाददाता
बिहीबार, भदौ ५, २०७६ खेलपाटी संवाददाता
खेलाडीको ध्यान खेलमा थिएन - प्रशिक्षक एबिङ

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक हान एबिङले खेलाडीले खेलमा ध्यान दिन नसक्दा माल्दिभ्ससँग पराजित भएको बताएका छन् ।

घरेलु कोर्टमा जारी एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग पराजित भएपछि डच प्रशिक्षक एबिङले खेलाडीले ध्यान खेल बाहिर केन्द्रित गरेको बताए ।

'खेलाडीहरुको ध्यान खेल बाहिर थियो । जब खेलमा ध्यान केन्द्रित हुँदैन खेल्न सकिँदैन । म निराश छु,' एबिङले खेलपछि भने, 'बेलुकाको मिटिङमा खेलको चर्चा गर्छु । यो कसरी भयो ? हामीसंग २ सेट हार्दा समेत खेलमा फर्कने मौका थियो । हाम्रो खेलाडीले तेस्रो सेटमा लक्ष्य नै परिवर्तन गरे जस्तो लाग्यो । आज यसको चर्चा हुन्छ । अब यस्तो हुनु हुँदैन ।'

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा बुधबार नेपाल माल्दिभ्ससँग ३-० को सोझो सेटमा पराजित भएको थियो । घरेलु कोर्टमा खराब प्रदर्शन गरेको नेपाललाई माल्दिभ्सले २५-२२, २५-२१ र २५-१४ को सेटमा पराजित गरेको थियो ।

तर, प्रशिक्षक एबिङले माल्दिभ्सविरुद्ध नेपालले सुरुवाती दुई खेल जित्नु पर्ने बताए । तेस्रो सेटमा खेलाडीले खेल्दै नखेलेको बताए ।

'हामीले दुई खेल खेल्यौं । यो खेल हामीले जित्नु पर्ने थियो । पहिलो सेट निकै राम्रो थियो तर दोस्रो सेटमा पनि सुरुवाती अग्रता लिएका थियौं तर सर्भिस, नेटिङ, ब्लाकिङमा चुक्नु पुग्दा खेल बिग्रियो,' प्रशिक्षक एबिङले भने, 'पहिलो र दोस्रो सेटको खेल हामीलाई अझै आवश्य थियो । तेस्रो सेट बिल्कुलै फरक खेल थियो । लाग्यो खेलाडीहरु कोर्टमा नै थिएनन् ।'

माल्दिभ्ससँगको हारसँगै समूह 'ए' बाट नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अंक जोड्न सकेन । अब नेपालले पाँचौ स्थानको लागि समूह 'बी' को तेस्रो हुने टोलीसँग खेल्नेछ ।

यस्तै प्रशिक्षक एबिङले माल्दिभ्सविरुद्धको खेलबाट खेलाडीहरुले पाठ सिक्नु पर्ने समेत बताए ।

'उनीहरुको सट राम्रो थियो । तर, त्यसलाई रोक्ने तरिका हुन्छ । हामी त्यसमा पनि चुकेका हौँ । हामीले यस बिषयमा सुधार गर्नु पर्छ । यदि २/३ वटा सट ब्लक भए उनीहरु पनि दबाबमा आउने थिए । यो निकै कडा शिक्षा हो,' प्रशिक्षक एबिङले थपे, 'आउने दिनमा यसलाई सुधार गर्नु जरुरी छ । घरेलु भूमिमा यति ठुलो समर्थकको माझ खेल खेल्न पाउनु निकै ठुलो कुरा हो । यसबाट हामीले पाठ लिनु पर्छ ।'

त्यस्तै प्रशिक्षक एबिङले उज्वेकिस्तान र किर्गीस्तानले फाइनल खेल्ने बताए । 'अहिलेसम्मको खेल हेर्दा मेरो बिचारमा उज्वेकिस्तान र किर्गिस्तानले फाइनल खेल्ने छन्,' एबिङले थपे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP