• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
गल्ती मेरै भाे - मानबहादुर
गिता राई
बुधबार, भदौ ४, २०७६ गिता राई
गल्ती मेरै भाे - मानबहादुर

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टिमका नियमित स्पाईकर मान बहादुर श्रेष्ठ अहिले टिममा छैनन् । उनको अनुपस्थितिमा नेपालले घरेलु मैदानमा एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप खेलिरहेको छ ।

आठौं राष्ट्रिय खेलकुद उनले खेलेनन् । सोही कारण उनले एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा छनोट गरिएन । जापानमा व्यवसायीक भलिबल खेल्न उनले आठौं राष्ट्रिय खेलकुद छाडेका थिए ।

अहिले 'बिच' भलिबलमा रमाईरहेका मानबहादुरले आफ्नै घरेलु मैदानमा भएको प्रतियोगिता खेल्न पाएनन् । आठौं राष्ट्रिय खेलकुद नखेलेको कारण देखाउँदै उनलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट बाहिर राखियो । तर, सागको बन्द प्रशिक्षणमा सहभागी हुन नपाउनुको दोष आफुलाई दिन तयार देखिएका मानबहादुर एभिसी सेन्ट्रल जोन खेल्न नपाएकोमा भने दुखी देखिए ।

कोर्टमा नदेखिएपनि उनी प्रतियोगिता हेर्न दिनहु जाने गर्छन् । दर्शकदिर्घामा बस्छन् । नेपालको खेल नियाल्छन् । खेलाडीलाई हौसला प्रदान गर्छन् । नेपालले सट हान्दा उफ्रन्छन्, अंक गुमाउँदा निराश बन्छन् ।

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा भेटिएका उनै मानबहादुरसँग खेलपाटीकर्मी गिता राईले कुराकानी गरेकी छिन् ।

किर्गिस्तानविरुद्ध नेपालको प्रर्दशन कस्तो लाग्यो ?

समग्रमा टिमको प्रर्दशन धेरै राम्रो रह्यो । तर, नेपालले १–२ सेट जित्छ भन्ने लागेको थियो । सन् २०१७ मा माल्दिभ्समा भएको खेलमा किर्गिस्तानविरुद्व खेल्दा नेपालले एक सेट जितेको थियो । घरेलु मैदानमा दर्शकको राम्रो साथ थियो । खेलाडीलाई ऊर्जा दिनुभएको थियो । त्यसकारण जित्छ भन्ने लागेको थियो ।

नेपाल पहिलो खेलमा कहाँ चुक्यो भन्ने लाग्छ ?

नेपालको ब्लक र डिफेन्स पोजिसन कमजोर देखियो । उनीहरु अग्ला थिए । किर्गिस्तानका कप्तानले ब्याकबाट लगभग ९० प्रतिशत बल सिधा लाईनमा हानेका थिए । १० प्रतिशतमात्र क्रस हानेको थियो । नेपाली प्रशिक्षकले सिधा रेखालाई बिशेष तरिकाले हेर भनेका थिए । क्रसबाट आउने लाईनलाई छाडिदेउ भनेका थिए । तर खेलाडी त्यसमा सफल हुन सकेनन् । सोही कारण ब्लक र डिफेन्स पोजिसन कमजोर भयो ।

तपाई मैदानमा देखिनुहुन्न, भलिबलका धेरै प्रशंसक तथा दर्शक तपाईका बारे सोध्छन् । कारण के हो ?

यसमा मेरो विगतको कुरा जोडिन्छ । राखेपले २०७५ साल चैत भित्र आठौं राष्ट्रिय खेलकुद सक्ने बताएको थियो । तर आठौंको मिति तय हुनु भन्दा ६ महिना अघिनै जापानको एक क्लबबाट खेल्ने सम्झौता गरेको थिए । चैतभित्र राष्ट्रिय खेलकुद सकेर बैशाखमा खेल्न सकिन्छ होला भन्ने लागेको थियो । तर फेरी राष्ट्रिय खेलकुद बैशाखमा हुने तय भयो । जापानमा समेत ४ गते खेल तय थियो, नेपालमा समेत भलिबल ४ गतेनै सुरु हुने भयो । पहिलो खेल छुटेपनि ६ गते नेपाल आएर बाँकी खेल खेल्छु भनेर अफिससँग सल्लाह समेत गरे । तर अफिस र प्रशिक्षकले अस्विकार गर्नुभयो ।

नेपाल आएर बाँकी खेल खेल्न अनुरोध समेत गरेको थिए । तर, खेल्न पाईन । सोही कारण राष्ट्रिय खेलकुदको कारण देखाउँदै मलाई टिम बाहिर राखिएको छ ।

टिममा आफ्नो महशुश कत्तिको गर्नुहुन्छ ?

टिममा निरन्तर ४ वर्ष एउटै परिवारजस्तो भएर खेलियो । राष्ट्रिय टिमबाट एउटा मेडल दिलाउन पनि सफल भयौ । घाइते भएर बाहिर बसेको भए, केही लाग्दैन थियो होला । तर खेल्न सक्ने हुदाँ हुदै समेत टिममा नपर्दा दुख लागेको छ । तर गल्ती आफ्नै हो । छनोटको आधार राष्ट्रिय खेलकुद खेलिन् । तर भलिबल संघले आठौंलाई सागको छनोट भनेको थियो । तर एभिसी सेन्ट्रल जोन खेल्न पाउनुपर्ने जस्तो लाग्छ । बाहिर हुदाँ बेग्लै उर्जा आएको छ । घरेलु मैदानमा खेल्न पाएको भए बेग्लै महशुश गर्थे होला ।

नेपालको सेमिफाइनलको आश कत्तिको देख्नुभएको छ ?

यसअघि समेत हामीले माल्दिभ्सविरुद्व खेलेका थियौ । हामीले दुवै खेल जितेको थियौ । घरेलु मैदानको समर्थन छ । तर हामीले निकै प्रतिस्पर्धात्मक रुपमा खेल जितेका थियौ । दुवैलाई खेल जित्न सजिलो छैन ।

माल्दिभ्सको टिम कत्तिको बलियो छ अहिले ?

माल्दिभ्स अहिले धेरै बलियो छ । यसअघि विदेशी प्रशिक्षक ल्याएर निरन्तर प्रशिक्षण गरेका थियौ । सबै खेल अन्तिम सेटमै जितेका थियौ ।

नेपाली टिमको कमजोरी अझै पनि रिसिभ र डिफेन्समा देखिन्छ । टिममा कत्तिको सुधार पाउनुहुन्छ ?

पहिले भन्दा अहिले सुधार आएको छ । अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलको पहिलो सेटमा ६–७ वटा सर्भिस बिग्रिएको थियो । दिनप्रति दिन खेलमा सुधार आएको छ । तर अझै धेरै सुधार गर्न बाँकी छ । पहिलो प्रतिद्वन्दी हामीले भेट्न सक्ने स्तरको थियो, तर सकेनौ । हाम्रो अझै रिसिभ र डिफेन्समा कमजोरी छ ।

नेपाललाई टक्कर दिने प्रतिद्वन्दी को देख्नुहुन्छ ?

उज्वेकिस्तान र किर्गिस्तान टिम नेपाल भन्दा माथिल्लो स्तरका छन् । बाँकी सबै उस्तै हुन् ।

प्रधानसेनापति कपमा सुरुमा आर्मीले तपाईलाई खेलाएन । पछि हार्ने अवस्थामा टिममा बोलायो । कारण के थियो ?

मलाई विभागीय कारबाही भयो । जापानमा खेलेर आएपछि दुई खेल खेल्न पाईन । दुई प्रतियोगिताको फाईनलमा पुगेर आर्मीले हार्न पुगेको थियो । अनि प्रधानसेनापति कपको तेस्रो खेलमा मलाई उतारियो । सुरुवाती दुवै खेल हारेर केही हुन्छ कि भनेर मलाई ल्याएको हुनुपर्छ वा विभागीय कारबाही सकेर मैदान उतारेको हुनुपर्छ ।

अब राष्ट्रिय टिममा तपाईलाई कहिले देख्न पाउँछौ ?

सायद यो वर्ष देखिन्न होला जस्तो छ । अब अर्को वर्ष देखिन्छ । यो वर्ष बिच भलिबल खेल्न गईरहेको छु । बिच भलिबलको अनुभव त छैन । इन्डोरको अनुभवलाई बिच भलिबललाई प्रयोग गर्छु ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP