• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
एभिसी सेन्ट्रल जोन – प्रश्न भद्रगाेल व्यवस्थापनकै !
गिता राई
मंगलबार, भदौ ३, २०७६ गिता राई
एभिसी सेन्ट्रल जोन – प्रश्न भद्रगाेल व्यवस्थापनकै !

काठमाडौं । मध्य एसियाका देश सहभागी एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा सोमबार सुरु भएको छ । पहिलो दिन बिहान ९ बजे ललितपुरको लगनखेलस्थित आर्मी कर्भडहलभित्र दर्शक तथा खेलाडी आउने क्रम जारी थियो ।

पहिलो खेल अफगानिस्तान र तुर्केमिनिस्तानबीचको थियो ।

बिहानको १० बजे तय भएको पहिलो खेलका लागि दुवै टिमका खेलाडी तथा अफिसियल झोला बोकेर कभर्डहल छिर्दै थिए । सबै खेलाडीको अनुहार मलिन देखिन्थ्यो ।

सायद सबैको मनमा एउटै प्रश्न भएको हुनपर्छ । खेल कस्तो होला ? अनि कस्तो नतिजा आउँला ?

दर्शकहरु कर्भडहलभित्र आ–आफ्नो स्थान खोज्दै थिए । कभर्डहलमा खेलाडी बस्ने क्षेत्र, मिडिया क्षेत्र, ब्यान्ड बाजा क्षेत्र र दर्शक बस्ने क्षेत्र गरि प्याराफिट विभाजन गरिएको थियो ।

खेल केही बेरमा सुरु हुदै थियो । सबै खेलाडी कोर्टमा उत्रिए । अनि खेलका लागि वार्मअप गर्न लागे ।

दिनको पहिलो खेलमा भने खासै दर्शक थिएनन् ।

केहीबेरको वार्मअपपछि खेल सुरु भयो । पहिलो खेलमा अफगानिस्तानलाई उपाधिको दाबेदार तुर्केमिनिस्तानले ३–१ को सेटमा हरायो । हारपछि अफगानिस्तानका खेलाडी देखिन्थे ।

पहिलो खेलको समापनसंगै सबैको नजर दोस्रो खेलमा थियो । कारण, घरेलु टोली नेपालले उद्घाटन खेलमा कीर्गिस्तानसंग खेल्दै थियो ।

पहिलो खेल सकिएपछि आयोजक टोली उद्घाटनको तयारीमा लाग्यो । अधिकांश तयारी अघिल्लो दिननै सकिएको देखिएपनि उद्घाटनका लागि राखिएका सांस्कृति कार्यक्रमहरु कोर्टमा अभ्यास गरिदै थियो ।

संघले उद्घाटनको पनि तयारी जोड तोडका साथ सुरु गर्न थाल्यो ।

उद्घाटनका सुरु हुदै गर्दा सबै देशका खेलाडी तथा प्रशिक्षक आउने क्रम सुरु भयो । सबै आफ्नो टिमसँग कर्भडहल छिरिरहेका थिए । त्यसबीचमा उद्घाटनमा देखाउने नाचको अभ्यास जारी थियो ।

धेरै जसो अतिथीले ‘रिहलसल’मै सांस्कृतिक कार्यक्रमको मज्जा लिए । उद्घाटन समारोहमा कार्यक्रम देख्न पाए अतिथीमा त्यसको बेग्लै प्रभाव पर्ने थियो होला । तर एकतिर खेलाडी तथा दर्शकको आगमन हुदै थियो, अर्कोतर्फ सांस्कृतिक टिमले अभ्यास गर्दै थियो ।

सुरुमै उद्घाटनको तयारी फितलो देखिन्थ्यो ।

केही बेरमा दर्शकको भिड जम्मा हुन सुरु भयो । स्वयम सेवकले भिड थेगि नसक्ने अवस्था सिर्जना भयो । सबै स्वयमसेवकले दर्शकलाई दर्शकदिर्घामा बस्न ईसारा गरिरहेका थिए । तर दर्शकको अत्याधिक चापले दर्शकका लागि राखिएको क्षेत्र क्षणभरमै भरिभराउ बन्यो ।

अब दर्शक मिडिया क्षेत्रतर्फ सोझिए । एकैछिनमा दर्शकले मिडियाका लागि छुट्याईएको ठाउँ ‘कब्जा’ गरे । प्रतियोगिता हो कि जात्रा ? भिडबाट यस्तै प्रश्न निस्कन्थे ।

अब सञ्चारकर्मी आउने क्रम सुरु भयो । तर उनीहरु बस्ने ठाउँ थिएन । सञ्चारकर्मीहरु ठेलम ठेल गर्दै आफुलाई अटाए । एउटै कुर्चीमा दुई जनासम्म बसे ।

उद्घाटन चल्दै थियो । दर्शक आउदै थिए । दर्शक क्षेत्र भरिभराउ थियो । बाँकी दर्शक ठेलमठेल गरि बसिरहेका थिए । बस्ने ठाउँ थिएन तर दर्शक आउने क्रम रोकिएन । दर्शक ओहर दोहर गरिहेका थिए । बस्ने ठाउँ खोजिरहेका थिए । तर आर्मीको कभर्डहल पहिल्यै भरिसकेको थियो ।

दर्शक त्यत्तिमै सिमित थिएनन् । दर्शकको भिड कर्भडहल बाहिरबाट भित्रैसम्म खाली रहेको भुँईमै बसेर खेलको प्रतिक्षा गरिरहेका थिए । कभर्डहल भिडभाड देखिन्थ्यो । तर कोही दर्शक बाहिर निस्कनै चाहेनन् ।

सबै नेपालको खेलको प्रतिक्षामा थिए । जहाँ मिल्छ, त्यही बसेर दर्शकले खेलको प्रतिक्षा गरिरहेका थिए ।

केही बेरमा उद्घाटन सुरु भयो । अतिथिगणको मन्तव्य सुरु भयो, दर्शक अझै आउदै थिए ।

उद्घाटनमा नेपाली संस्कृति झल्कने नृत्य देखाईयो ।

पच्च कुमारी तथा लाखे नाच अतिथी र दर्शकले हेर्न पाए । तर अस्त व्यस्त व्यवस्थापनमा सांस्कृतिक कार्यक्रमले दर्शक र अतिथीको मन खिच्न नसकेको प्रष्ट देखिन्थ्यो ।

सिमित ‘स्थानमा’मा कति दर्शक राख्ने र कतिलाई प्रवेश पास दिने ? न आयोजकले सोच्यो, न व्यवस्थापन कम्पनीले योजना बनाए । त्यसको प्रत्यक्ष प्रभाव, व्यवस्थापनमा देखियो ।

पहिलो पटक नेपालले आयोजना गरेको एभिसी सेन्ट्रल जोनको पहिलो दिन व्यवस्थापन निकै फितलो देखियो ।

प्रतिक्षाको समय सकियो । उद्घाटन खेल सुरु भयो । नेपाललाई सोझो सेटमा हराउँदै कीर्तिस्तानले प्रतियोगितामा बलियो उपाधि दाबेदारित प्रस्तुत गर्यो ।

नेपालले खेल हा¥यो । खेलाडी हौसाउन कभर्डहल पुगेका दर्शक निराश बने । जसले गर्दा व्यवस्थापनको कमजोरीको पाटो छाँयामा पर्यो ।

प्रतियोगिता व्यवस्थापनमा आयोजक नेपाल भलिबल संघले लाखौ रुपैया खर्च गरेको छ । तर संघ र 'ईभेन्ट म्यानेजमेन्ट कम्पनी'बीच समन्व्यको अभाव हुदाँ पहिलो दिनको व्यवस्थापन अस्तव्यस्त बन्यो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP