• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
दक्षिण एसियाली तेक्वान्दोमा नेपाल च्याम्पियन
खेलपाटी संवाददाता
सोमबार, असार ३२, २०७५ खेलपाटी संवाददाता
दक्षिण एसियाली तेक्वान्दोमा नेपाल च्याम्पियन

काठमाण्डौं । दक्षिण एसियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ । घरेलु भूमिमा सम्पन्न प्रतियोगितामा नेपाल ५३ स्वर्ण, ५५ रजत र ८० कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो ।

नेपाल आईटिएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा ४३ स्वर्ण, ४० रजत र ३९ कास्य जित्दै भारत दोस्रो भयो । तेस्रो भएको तुर्कि्मिनिस्तानले ७ स्वर्ण, २ रजत र १ कास्य जितेको थियो ।

नेपालले जुनियर र सिनियर दुबै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ । जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण ४३ रजत र ६१ कास्य प्राप्त गर्दा  दोस्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण,१२ रजत र १२ कास्यँ ल्याउदै ठुलो चुनौती पेश गरेको थियो ।

सिनियरतर्फ भने नेपालले भारतलाई निक्कै पछि पार्न सफल भयो । नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण,१२ रजत र १९ कास्य जित्दा दोस्रो  स्थानमा रहेको भारतले भने ९ स्वर्ण,१७ रजत र २७ कास्यमा चित्त बुझाउनु पर्यो ।प्रतियोगितामा ३ स्वर्ण जितेकी रुबिका खड्काले सिनियर महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १८ देखि ३९ सम्मको ब्लकबेल्टको स्पाईरिङमा स्वर्ण जित्दा,टिम स्पाईरिङ र टिम प्याटनमा नेपाललाई स्वर्ण दिलाउदा महत्वपूर्ण सदस्य थिईन् । सिनियर पुरुषतर्फ तुकिमिन्तानका घोसान याजोङले उत्कृष्ट खेलाडीको उपाधि जिते । जुनियर महिलातर्फ भारतकी के काभना तथा पुरुषतर्फ चीनका याङ पिङलिङले उत्कृष्ट खेलाडीको उपाधि जिते ।

महिला १० बर्ष मुनीको उमेर समूहको २० केजी मुनीको स्पाईरिङमा नेपालकी सन्ध्या लामाले स्वर्ण जितिन् । त्यस्तै १४ देखि १५ बर्षको कलर ब्लडको स्पाईरिङ नेपालले ५ स्वर्ण जित्न सफल भयो । जस अनुसार ३५ केजी मुनी नेपालकी निशा पुलामी मगर,४५ केजी मुनी अभिना राई,५५ केजी मुनी अनिष कार्की,६० केजी मुनी कोपीला स्याङताङ र ६५ केजी मुनी डोल्मा गुरुङले स्वर्ण जित्न सफल भए । त्यसरी नै १५ देखि १७ बर्षको रंगिन पेटीका महिला स्पाईरिङमा नेपालले ३ स्वर्ण जितेको थियो ।

नेपालका लागि ४५ केजी मुनी रश्मी थापामगर,५२ केजी मुनी सचिता सुनुवार र ५८ केजी मुनी चुम्ला शेर्पाले स्वर्ण जिते । महिला १८ देखि ३९ बर्षको सिनियर रंगिन पेटीको ५२ केजी मुनी नेपालकी निश्चल राईले स्वर्ण जितिन् । महिला १५ देखि १८ बर्षको कालो पेटीमा नेपालले ३ स्वर्ण जित्न सफल भयो । सबिना लामाले ५५ केजी मुनी,करिश्मा घर्तिमगरले ६४ केजी मुनी र कन्याम लिम्बूले ७० केजीमाथी स्वर्ण जितेका थिए । महिला १८ देखि ३९ बर्षको कालो पेटीमा नेपालले ४ स्वर्ण जित्न सफल भयो ।

नेपालका लागि ४७ केजी मुनी रुबिका खड्का,५२ केजी मुनी रन्जु पुलामी मगर,५७ केजी मुनी रिना धिमाल र ७७ केजी मुनी सृजना राईले स्वर्ण जितेका थिए । महिला ब्यक्तिगत प्याटनतर्फ नेपालले ४ स्वर्ण हात पार्यो । रंगिन पेटीमा सचिता सुनुवार,दोश्रो डान कालो पेटीमा निश्मा बस्याल,तेश्रो डान कालो पेटीमा सोनी खड्का र चौथो डान कालो पेटीमा तुलसा राजथलाले आ–आफ्नो खेलमा स्वर्ण जित्न सफल भए ।

महिला टिम प्याटन र टिम स्पाईरिङमा पनि नेपालले २ स्वर्ण जित्यो । प्याटनमा रुबिका खड्का,रिना धिमाल,निश्मा बस्याल,तुलसा साजथला र हिमा खड्काको समूहले स्वर्ण जित्दा टिम स्पाईरिङमा सोनी खड्का,रुबिका खड्का,संचिता लामा,शान्ती खत्री,रिना धिमाल र सृजना राईको समूहले स्वर्ण जितेका थिए ।

पुरुष १० बर्ष मुनी नेपालले २ स्वर्ण जित्न सफल भयो । २२ केजी मुनी अभिषेक राई र ३२ केजी मुनी लक्की राईले स्वर्ण जितेका थिए । पुरुष १० देखि १३ बर्ष मुनीको रंगिन पेटीमा नेपालले ६ स्वर्ण जित्न सफल भयो । ३० केजी मुनी किस्मत पुन,३५ केजी मुनी शिशिर राई,४० केजी मुनी शिवम घर्तीमगर,४५ केजी मुनी,बिनोद रखाल, ५० केजी मुनी बिजय सारु र ५५ केजी मुनी निलेश थापामगरले आ–आफ्नो खेलमा स्वर्ण जिते ।

पुरुष १४ देखि १५ बर्षको रंगिन पेटीमा नेपालले २ स्वर्ण जित्यो । सुनिल गोलेले ५० केजी मुनी र अभिषेक राईले ६० केजी मुनी स्वर्ण जिते । पुरुष १६ देखि १७ बर्ष मुनी रंगिन पेटीमा नेपालले ३ स्वर्ण जित्न सफल भयो । निश्चल कुर्मालीले ४५ केजी मुनी,सुजन शाही ठकुरी ५१ केजी मुनी,पुर्ण लोप्चनले ५७ केजी मुनी र सुमित खुलाल मगर ७५ केजी माथीले स्वर्ण जितेका थिए ।

पुरुष १८ देखि ३९ बर्ष मुनीको रंगिन पेटीमा नेपालले ३ स्वर्ण जितेको थियो । किरण कुवँरले ५८ केजी,चुडामणी कुवँरले ६४ केजी र देवीकुमार थारुले ७१ केजी मुनी स्वर्ण जिते ।

पुरुष १५–१८ बर्ष मुनी प्रथम देखि चौथो डानको स्पाईरिङमा नेपालले ७ स्वर्ण जित्न सफल भयो । नेपालका लागि ४५ केजी मुनी श्याम राई,५१ केजी मुनी बिशाल बुढामगर,५७ केजी मुनी अनिल तामाङ, ६० केजी मुनी कृष्ण बस्नेत, ६३ केजी मुनी प्रताभ कार्की,६९ केजी मुनी अन्जिल कुवँर र ७५ केजी माथी साजन बच्चमैयाले स्वर्ण दिलाएका थिए ।

पुरुष १८–३९ बर्ष मुनी प्रथम देखि चौथो डानको स्पाईरिङमा नेपालले २ स्वर्ण जित्न सफल भयो । नेपालका लागि ५२ केजी मुनी सागर शम्सेर कुवँर र ७८ केजी मुनी चाउची डंगोलले स्वर्ण जितेका थिए । पुरुष पाँचौ डान भेट्रान प्याट्रनमा नेपालका लागि खेम क्षेत्रीले स्वर्ण दिलाए ।

त्यस्तै टिम स्पाईरिङमा नेपालले स्वर्ण जित्यो । चाउची डंगोल,लिलाधर बस्नेत,दिनेश बुडामगर र बीर कुवँरको टिमले भारतलाई ३–२ को स्कोरमा स्तब्ध बनाएको थियो ।

तीन दिने प्रतियोगिताको बिजेता खेलाडीलाई शिक्षा मन्त्री गिरीराजमणी पोखरेल,आयोजक नेपाल इन्टरनेश्नल तेक्वान्दो संघ(आईटिएफ) का अध्यक्ष अन्जन धमलालगायतले पुरस्कृत गरेका थिए ।

प्रतियोगितामा नेपाल लगाएत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तानका ६ सय खेलाडीले १५० स्वर्ण,१५० रजत र ३ सय कास्य पदकका प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह,तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्सका इभेन्टहरु समाबेश गरिएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार
१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार
नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने
नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक
राजकुमारलाई कोरियामा स्वर्ण
राजकुमारलाई कोरियामा स्वर्ण
सुशील र सुरज फाइनलमा
सुशील र सुरज फाइनलमा
अल्फालाई उपाधि
अल्फालाई उपाधि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इन्टरको आक्रमण शक्ति प्रदर्शन
इन्टरको आक्रमण शक्ति प्रदर्शन
चम्किएका १६ वर्षीय  न्गुमोहाँ
चम्किएका १६ वर्षीय न्गुमोहाँ
पहिलो खेलमै एपिएफ पराजित
पहिलो खेलमै एपिएफ पराजित
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
एपिएफले पहिलो हाफमै खायो ३ गोल
एपिएफले पहिलो हाफमै खायो ३ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP