'एकै खेलको दुई संघ राम्रो होइन'

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले तेक्वान्दोको दुई वटा संघ अस्तित्वमा रहनु राम्रो कुरा नभएको बताएका छन् ।
नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले आयोजना गरेको बधाइ तथा स्वागत कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले दुई वटा संघ अस्तित्वमा हुनु राम्रो नभएको बताए ।
‘खेलकुद अनेकतामा एकता ल्याउने माध्यम हो । हिजोका दिनमा एउटा संघ हुँदा हुँदै अर्को संघ दर्ता गरेर किन विवादको बिउ रोपियो । मलाई थाहा भएन,' सदस्य सचिव सिलवालले भने, 'तर, यो कुरा राम्रो होइन । यो समस्यको समाधान गर्न आवश्यक छ ।’
सदस्य सचिव सिलवालले आठौं सागमा नेपालले तेक्वान्दोमा हासिल गरे उपलब्धी पछिका दिनमा किन खस्किदै गयो त्यसको समीक्षा गर्ने बेला आएको बताउदै कम्जोरी पत्ता लगाएर विगतको भन्दा राम्रो परिणाम ल्याउने अवस्थाको सिर्जना गर्न आवश्यक रहेको बताए ।
आयोजक संघका अध्यक्ष केशव पुरीले सदस्य सचिव सिलवालले शिक्षा क्षेत्रमा राम्रो छाप छोड्न सफल भएको बताउदै अब खेलकुदमा पनि त्यसैगरी राम्रो छाप छाड्ना सफलता मिलोस् भनि शुभकामना दिए ।









-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)




