खेलुकद विभागमा टोपबहादुर, उपप्रमुखमा गैरे
शुक्रबार, साउन ३१, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले युवा तथा खेलकुद विभागको जिम्मेवारी टोपबहादुर रायमाझीलाई दिएको छ ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रिय सचिवालय बैठकले युवा तथा खेलकुद विभागको प्रमुखमा रायमाझीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
पार्टी एकताको लामो समय बितिसक्दा समेत नेकपाले विभागको जिम्मेवारी तोक्न सकेको थिएन । रायमाझी तत्कालिन नेकपा माओवादीका नेता हुन् ।
यस्तै, विभागको उपप्रमुखको जिम्मेवारी ठाकुर गैरेलाई दिईएको छ । गैरे तत्कालिन एमालेका केन्द्रिय सदस्य हुन् ।









-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)




