भारतीय खो खो पदाधिकारीसँग अध्यक्ष श्रेष्ठको भेटवार्ता
मंगलबार, २८ श्रावण २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवन राम श्रेष्ठले भारतको खो खो संघका पदाधिकारीसँग भेटवार्ता गरेका छन् ।
एनओसी अध्यक्ष श्रेष्ठले मंगलबार एनओसी भवन सातदोबाटोमा खो खो संघका निर्देशक सुवास कुमार र महासचिव एमएस त्यागीसँग भेट गरेका हुन् ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग गेम्सको तयारी र खो खो खेल स्थलको निरिक्षण गर्न त्यागी र कुमार नेपाल आएका हुन् । १३ औं सागमा खो खोका सात वटै राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
भेटमा श्रेष्ठले सागको तयारी र नेपालमा खो खोको लोकप्रियताबारे जानकारी गराएका थिए । भेटमा नेपाल खो खो संघका अध्यक्ष श्री प्रसाद झा लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



