एजेन्सी । फिफा विश्वकप फुटबलको २१ औं संस्करणको उपाधि फ्रान्सले जितेको छ । क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले उपाधि हात पारेको हो ।
फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा र केलियन एमबाप्पेले समान एक एक गोल गरे । फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो । क्रोएसियाका लागि इभान पेरिसिक र मारियो मान्डुज्कीले एक एक गोल फर्काए ।
विश्वकपको उपाधि जित्ने क्रममा फ्रान्सले पहिलो हाफमै २–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो । यस्तै फ्रान्सले एक गोल खाएको थियो ।
खेलको १८ औ मिनेटमा मान्डुज्कीको आत्मघाती गोलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । पेरिसिकले २९ औ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए । तर, खेलको ३८ औं नेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई पुन अग्रता दिलाए । डि बक्सभित्र क्रोएसियाका पेरिसिकले ह्यान्ड गरेपछि भीएआरको सहायतामा फ्रान्सले पेनाल्टी पाएको थियो । त्यसमा ग्रिजम्यान चुकेनन् ।
यस्तै खेलको ५९ औ मिनेटमा पोग्बा र ६५ औ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ४ - १ को अग्रता दिलाए । खेलको ६९ औं मिनेटमा फ्रान्सका किपर ह्युगो लोरिसका गल्तीमा मान्डुज्कीले गोल गर्दै खेल ४ - २ मा ल्याए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन र खेल फ्रान्सले ४ - २ ले जित्दै विश्वकपको उपाधि आफ्नो पोल्टामा पार्यो ।
योसंगै फ्रान्सले दोस्रो पटक विश्वकपको जित्न सफल भएको छ । फ्रान्सले यसअघि सन् १९९८ मा विश्वकप उपाधि जितेको थियो ।
उपाधिसंगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफीसंगै २९ मिलियन पाउण्ड प्राप्त गरेका छन् । दोस्रो भएका क्रोएसियाले २१ मिलियन पाउण्ड र तेस्रो भएको बेल्जियमले १८ मिलियन पाउण्ड पाएको छ ।
रुस विश्वकपमा कसले कति पाए ?
विजेता |
ट्रफी र २९ मिलियन पाउण्ड |
उपविजेता |
२१ मिलियन पाउण्ड |
तेस्रो |
१८ मिलियन पाउण्ड |
चौथों |
१६.५ मिलियन पाउण्ड |
क्वाटरफाइनल टिम |
१२.१ मिलियन पाउण्ड |
प्रि-क्वाटरफाइनल टिम |
९ मिलियन पाउण्ड |
अन्तिम १६ टिम |
६ मिलियन पाउण्ड |
सहभागी ३२ टिम |
१.२ मिलियन पाउण्ड |