एजेन्सी । विश्वकप फुटबलको फाईनल खेलमा फ्रान्सले २–१ को अग्रता लिएको छ । पहिलो हाफको खेल जारी रहदाँ फ्रान्सले खेलमा अग्रता बनाएको हो ।
एन्टोनी ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई पुन अग्रता दिलाएका हुन् । ३८ औ मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गरे । डि बक्सभित्र ह्यान्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । त्यसमा ग्रिजम्यान चुकेनन् ।
खेलको १८ औ मिनेटमा मारियो मान्डुज्कीको आतमघाति गोलमा फ्रान्सले अग्रता लिएको हो । इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको २९ औ मिनेटमा गोल गर्दै क्रोएसिया खेलमा फर्किएको थियो ।
लुजिनिकी रंगशालामा फ्रान्स इतिहास दो¥याउने लक्ष्यकासाथ मैदान उत्रिएको छ । पहिलो पटक फाईनल पुगेको क्रोएसिया इतिहास बनाउन चाहन्छ ।