एजेन्सी । विश्वकप फुटबलको फाईनल खेलमा क्रोएसियाविरुद्ध फ्रान्सले १–० को अग्रता लिएको छ । खेलको १८ औ मिनेटमा मारियो मान्डुज्कीको आतमघाति गोलमा फ्रान्सले अग्रता लिएको हो ।
एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा मान्डुज्कीले हेड गर्न पुग्दा फ्रान्सले अग्रता लिएको हो ।
विश्वकपको फाईनलमा आत्मघाति गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।
लुजिनिकी रंगशालामा फ्रान्स इतिहास दो¥याउने लक्ष्यकासाथ मैदान उत्रिएको छ । पहिलो पटक फाईनल पुगेको क्रोएसिया इतिहास बनाउन चाहन्छ ।