सागको खेलाडी दर्ता कात्तिक १४ सम्म

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को खेलाडी दर्ता गर्ने समय कात्तिक १४ गतेसम्मलाई निर्धारण गरिएको छ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठको अध्यक्षतामा बिहिबार बसेको बैठकले सागमा सहभागी हुने खेलाडीको अन्तिम दर्ता गराउने समय कात्तिकको दोस्रो साता सम्मलाई तोकेको हो ।

यस्तै बैठकले सागको प्राविधिक हाते पुस्तिका (ह्यान्डबुक) भदौ ७ गतेभित्र प्रकाशन गरिसक्ने कार्यतालिका निर्धारण गरेको छ ।
ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषद राखेपको संयुक्त बैठकले प्राविधिक हाते पुस्तिका भदौ ७ भित्र प्रकाशन गर्ने निर्णय गरेको हो ।
हाते पुस्कितका निकै महत्वपुर्ण छ । सोही पुस्तकमा सागमा समावेश हुने खेल, स्पर्धा र नियमहरु स्पष्टसंग समावेश भएको हुन्छ । सोही आधारमा सहभागी हुने देशले खेल्ने खेल र स्पर्धा समेत टुङ्गो लाग्नेछ । एनओसी अध्यक्ष श्रेष्ठले भने ।
यस्तै सागमा सहभागी हुने देशले १३ गते भित्र सहभागी हुने खेलको दर्ता गराउनुपर्ने निर्णय समेत गरिएको छ ।
नेपालमा आयोजना हुने साग मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुदैछ । प्रतियाेगिताका लागि नेपाली खेलाडी प्रशिक्षणमा ब्यस्त रहेका छन् ।










-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
