विश्वकपको कुल पुरस्कार ३०२ मिलियन, विजेताको पुरस्कार कति ?

एजेन्सी । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबलको २१ औं संस्करण रुसमा आजबाट सकिदै छ । दुई युरोपेली राष्ट्र फ्रान्स र क्रोएसियाले २१ औं संस्करणको फाइनलमा भिड्दै छन् ।
लुजिनिकी रंगशालामा मैदान उत्रदा दुवै टोलीको लक्ष्य च्याम्पियन बन्नु रहनेछ । च्याम्पियन बन्ने टोलीले चार बर्षको लागि विश्व विजेताको हैसियत राख्नेछ । यो विश्वकपको तेस्रो र चौथो हुने राष्ट्र भने तय भईसकेको छ ।
रुस विश्वकपको फाइनल हुन अब केहि घण्टा मात्र बाँकी छ । यस्तोमा आम समर्थक र फुटबल प्रेमीहरु खेलको अड्कलबाजीमा लागिसकेका छन् । यतिमात्र हैन अहिले समर्थक र फुटबल प्रेमीहरु विश्वकपको उपाधिसंगै विजेता टोलीले कति पुरस्कार प्राप्त गर्छन भन्ने कुरामा चासो दिन थालेका छन् ।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले रुस विश्वकपको लागि कुल पुरस्कार राशी ३०२ मिलियन पाउण्ड छुट्टाएको छ । यो सन् २०१४ को विश्वकप भन्दा ४० प्रतिशतले बढी हो । रुस विश्वकपको विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेले मोटो रकमको पुरस्कार पाउनेछन् । त्यतिमात्र हैन विश्वकपमा सहभागी सबै टोलीले फिफाबाट पुरस्कार पाउने छन् ।
रुस विश्वकप विजेताले १८ क्यारेट सुनको ट्रफीसंगै २९ मिलियन पाउण्ड प्राप्त गर्नेछन् । यस्तै दोस्रोले २१ मिलियन पाउण्ड र तेस्रो हुनेले १८ मिलियन पाउण्ड पाउने छ । फिफाले सहभागी ३२ राष्ट्रलाई तयारी खर्च दिने गर्छन् । त्यस्तै फिफाले खेलाडीको बिमाको लागि १०१ पाउण्ड छुट्टाएको छ ।
कसलाई कति पुरस्कार ? सूचीसहित -
| विजेता | ट्रफी र २९ मिलियन पाउण्ड |
| उपविजेता | २१ मिलियन पाउण्ड |
| तेस्रो | १८ मिलियन पाउण्ड |
| चौथों | १६.५ मिलियन पाउण्ड |
| क्वाटरफाइनल टिम | १२.१ मिलियन पाउण्ड |
| प्रि-क्वाटरफाइनल टिम | ९ मिलियन पाउण्ड |
| अन्तिम १६ टिम | ६ मिलियन पाउण्ड |
| सहभागी ३२ टिम | १.२ मिलियन पाउण्ड |
















