• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एन्फामा आर्थिक संकट – खेलाडीले पाएनन् तलब !
नमीन ढकाल
शनिबार, साउन १८, २०७६ नमीन ढकाल
एन्फामा आर्थिक संकट –  खेलाडीले पाएनन् तलब !

 काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा आर्थिक संकटमा परेको छ । सोही कारण राष्ट्रिय फुटबल टिमका खेलाडीले विगत ४ महिना देखिको तलब पाएका छैनन् । आर्थिक संकट देखिएपछि एन्फाले पुरुष र महिला खेलाडीको पछिल्लो चार महिनाको तलब उपलब्ध गराउन सकेको छैन ।

राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका खेलाडीले मासिक रुपमा एन्फाबाट उपलब्ध हुने तलब समयमा नपाएको गुनासो गरेका छन् । पुरुषको सिनियर टिम विश्वकप छनोटको तयारीमा व्यस्त छ । भने पुरुषको २३ बर्ष मुनिको टोली र महिला टिम आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीमा व्यस्त छन् ।

अहिले घरेलु फुटबलमा कुनै पनि प्रतियोगिता भैरहेको छैन । यस्तो अवस्थामा क्लबहरुले पनि खेलाडीलाई फुकुवा गरेका छन् । विगत ४ महिनादेखि एन्फाले उपलब्ध गराउने तलब समेत रोकिएपछि राष्ट्रिय टिमका खेलाडी समस्यामा परेका छन् ।

एन्फाले विगतमा पुरुष र महिला टिमका खेलाडीको तीन–तीन महिनाको तलब एकैपटक बै‌कमा राखिदिने गरेको थियो ।

पुरुष टिमका खेलाडीले मासिक १५ हजार र महिला टिमका सदस्य मासिक ७ हजार तलब पाउँदै आएका छन् ।

यसअघि समेत एन्फाले खेलाडीको तलब ७ महिनासम्म रोकेर राखेको थियो ।

 

‘बिगत ४ महिनादेखि तलब पाएका छैनौं । पहिला पनि ७ महिना रोकिएको थियो । धेरै आग्रह गरेपछि ३ महिनाको पायौ ।’ नाम नखुलाउने शर्तमा एक खेलाडीले भने, ‘फेरी चार महिनादेखि तलब रोकिएको छ ।’

एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले भने खेलाडीको तलब नपाएको बिषयमा आफुलाई कुनै जानकारी नभएको खेलापटीलाई बताए । ‘खेलाडीले तलव नपाएको विषयमा मलाई कुनै जानकारी छैन ।’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष मात्र नभएर एन्फाका अन्य पदाधिकारीले समेत खेलाडीले तलब नपाएको बिषय आफुलाई जानकारी नभएको बताएका छन् । प्रवक्ता समेत रहेका किरण राईले खेलाडीले तलब नपाएको बिषय आफुलाई थाहा नभएको बताए ।

स्रोतका अनुसार फुटबल संघ एन्फामा अहिले आर्थिक संकट छ । विभिन्न शीर्षकमा धेरै पैसा खर्च हुदाँ खेलाडीलाई तलब दिन समेत समस्या परेको छ ।

‘महिला साफ आयोजना गर्दानै धेरै पैसा खर्च भएको छ । करिब डेढ करोड जति पैसा खर्च भएको देखिन्छ । प्रशिक्षकलाई दिने तलब समेत एन्फाले दिन परेको छ । यसअघि प्रशिक्षकलाई राखेपबाट ५० लाख आउने गर्दथ्यो । अहिले १० लाख मात्र छ ।’ स्रोतले भन्यो, ‘एन्फाले धेरै कार्यक्रम गर्दा ब्यालेन्स रित्तिएको अवस्था छ । प्रायोजकबाट समेत पैसा नउठ्दा एन्फालाई आर्थिक संकट आईलागेको छ ।’

Image may contain: 1 person, playing a sport, standing, stadium and outdoor

एन्फा महासचिव इन्द्रमान तुलाधरले भने खेलाडीले ४ महिनाबाट तलब नपाएको स्विकार गर्दै एन्फाले चाँडै सो रकम निकासा गर्ने बताए ।

‘अध्यक्ष बाहिर हुनुहुन्थ्यो । त्यसैले गर्दा रोकिएको हो । अब केही दिनमा दिनेछौं ।’ उनले भने ।

‘तीन–तीन महिनामा दिने गरेका छौं । महिला टिमको पनि सँगै दिन्छौ । खेलाडीले चाँडै तलब पाउनेछन् ।’ महासचिव तुलाधरले भने ।

राष्ट्रिय पुरुष टिम अहिले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको तयारीमा रहेको छ । यस्तै महिला टिम भने घरेलु भुमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल आउन हम्जालाई कुर्दै बंगलादेश
नेपाल आउन हम्जालाई कुर्दै बंगलादेश
हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने
हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने
नेपालसँग खेल खेल्न बंगलादेशको टोली बुधबार काठमाडौं आउने
नेपालसँग खेल खेल्न बंगलादेशको टोली बुधबार काठमाडौं आउने
३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 
३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 
तेस्रो भएर फर्कियो नेपाल
तेस्रो भएर फर्कियो नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP