• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
प्राविधिक निर्देशकमा फिलिप्स, महिला प्रमुखमा हरि
खेलपाटी संवाददाता
बुधबार, साउन १५, २०७६ खेलपाटी संवाददाता
प्राविधिक निर्देशकमा फिलिप्स, महिला प्रमुखमा हरि

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टेक्निकल डिरेक्टर (प्राविधिक निर्देशक)मा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ ।

एन्फाको मंगलबार बसेको बैठकले अष्ट्रेलियाका फिलिप्सलाई प्राविधिक निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एन्फाले टेक्निकल डिरेक्टरका लागि माग गरेको पदमा ग्यारीको निवेदन परेको थियो । जसलाई एन्फाले अनुमोदन गरेको हो ।

एन्फाले जेठ ३१ गते एक सुचना जारी गर्दै टेक्निकल डिरेक्टरको पदमा कर्मचारी माग गरेको थियो ।

यस्तै एन्फाले हेड अफ एजुकेसन कोचेजमा संजित सिंह, हेड अफ एलिट एण्ड युथमा नबिन महर्जन र हेड अफ वुमेन्समा हरि खड्कालाई नियुक्त गरेको छ ।

एन्फाको निर्णयहरु : 

प्रेस बिज्ञप्ती

सम्पूर्ण पत्रकारज्यूहरु,
आज मिति २०७६ श्रावण १४ गते सोमबारका दिन संघको सचिवालय सातदोबाटो, ललितपुरमा एन्फाका
अध्यक्ष श्री कर्मा छिरीङ्ग शेर्पाको अध्यक्षतामा अन्य पदाधिकारीहरु र सदस्यहरुको उपस्थितिमा एन्फा
आपतकालिन समितिको बैठक बसी बिभिन्न बिषयहरुमा छलफल गर्दै एन्फाको आगामी कार्यसमितिको
बैठकबाट अनुमोदन गर्ने गरी निम्न निर्णयहरु गरीएछ ।

आपतकालिन समितिको बैठकको निर्णयहरुः

१) बिश्व कप २०२२ को छनौट चरण तथा ए.एफ.सी. एशियन कप २०२३ प्रारम्भीक संयुक्त रुपमा दोश्रो
चरणको छनौट प्रतियोगिताहरुमा सहभागी तथा आयोजना गर्ने सम्बन्धमा छलफल हुंदा नेपालको एकमात्र
दशरथ रंगशाला २०७२ सालमा गएको महाभुकम्पका कारण खेल संचालन गर्न नसक्ने अवस्थामा भत्कृएको
तथा आगामी १३औं साग गेम्सको तयारीको निम्ति निर्माधानि अवस्थामा रहेका र हाल सम्म पनि निर्माण
मर्मत कार्य सम्पन्न भै नसकेको अवस्थामा र बिश्व कप फुटबलको छनौट प्रतियोगिता संचालन गर्ने उक्त
समय सम्म पनि खेल मैदान तथा दशरथ रंगशाला निर्माण हुन सक्ने अवस्था नदेखिएको हुंदा एशियाली
फुटबल महासंघले गत जुलाई १७ तारिखका दिन प्रकाशित गरेको खेल तालिका अनुसार नेपाल समुह ख मा
रहेको र नेपाली राष्ट्रिय टिमले ४ खेल होम र ४ खेल अवे खेल्नु पर्नेमा पहिलो ३ होम खेललाई अवे खेल्ने
जस अनुसार सेप्टेमबर ५ तारिखमा कुवेत संग, सेष्टेम्बर १०मा चाईनिज ताईपेई संग र १५ अक्टोबरमा जेर्डन
संग होम म्याचहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार खेल मैदान र दशरथ रंगशालामा खेल खेलाउन नसक्ने
भएको कारणले उपरोक्त म्याचहरु कहां र कसरी खेलाउने भन्ने बिषयमा व्यापक छलफल भै नेपालको पहिलो
होम म्याचको सट्टामा अवे म्याच खेल्ने साथै अन्य खेलहरु ए.एफ.सी.को खेल तालिका अनुसार नै खेल्नका
निम्ति एशियली फुटबल महासंघ संग समन्वय गरी आवश्यक स्विकृत लिए पश्चात खेल्ने निर्णय गरीयो ।
साथै खेल तालिका अनुसार होम म्याचलाई अवेको रुपमा खेले पश्चात १९ नोभेम्बरमा संचालन हुने नेपालको
होम म्याचलाई पनि कुवेत फुटबल संघ संग समन्वय गरी कुवेतमा नै खेल्ने गरी कुवेत फुटबल संघ र
ए.एफ.सी.संग आवश्यक पत्राचार गरी समन्वय र स्विकृति प्राप्त भए पछि खेल्ने निर्णय गरीएकोछ ।


२) एशियाली फुटबल महासंघको निर्देशन र सहयोगमा बिभिन्न पदहरुमा पदपुर्ति गरी कार्य सम्पादन चुस्त
दुरुस्तका साथ संचालन गर्न ए.एफ.सी.बाट प्राप्त हुन अनुदान समेत पाउन गरी निम्न पदहरुमा पदपूर्ति
समितिले एन्फाद्धारा खुल्ला प्रतिष्प्रर्धा गरी निम्न बिभिन्न पदहरुमा २० जना उम्मेदबारहरुले हालेको निवेदनको
आधारमा सिमारीस गरीएकोमा उक्त पदपूर्ति गर्ने समेत निर्णय गरीएकोछ ।

१) टेक्निकल डाईरेक्टर पदमा – गेरी फिलिप्स (अष्ट्रेलियन नागरीक)
२) हेड अफ कोचेज एजुकेशन पदमा – संजित सिंह

३) हेड अफ ईलिट एण्ड युथ पदमा – नबिन महर्जन
४) हेड अफ वुमेन्स पदमा – हरी खड्का
३) बिश्व फुटबल महासंघको सहयोगमा एन्फाद्धारा संचालित फिफा ग्रासरुट ईन्फ्राईष्ट्रक्चर डि.एफ.ए. प्रोग्रम
अन्तर्गत ४५ जिल्ला फुटबल संघहरुलाई अनुदान प्रदान गरी भौतिक पूर्वाधारहरु निर्माण गर्न पहाडी
जिल्लाहरुलाई रु.१०,००,०००।(दश लाख रुपैया) र तराईका जिल्लामा अवस्थित जिल्ला फुटबल संघहरुलाई
रु.५,००,०००।(पांच लाख रुपैया) अनुदान सहयोग प्रदान गरीएकोमा अधिकाशं जिल्लामा न्यूनतम मापतण्ड
अनुसारको खेल मैदान समतल बनाउने र खेल मैदा धेरबार तथा खेलाडी चेन्जिङ्ग रुमहरु निर्माण गरेको हुंदा
कार्य सम्पादन गरेका जिल्लाहरुलाई धन्यबाद व्यक्त गर्दै कार्य सम्पादन गर्न बांकी जिल्ला फुटबल संघहरुलाई
आगामी ७ दिन भित्र एन्फा सचिवालयमा कार्य सम्पादनको प्रतिवेदन अनिवार्य रुपले बुझाउन पत्राचार गर्ने र
सो समय सिमा नाधेमा अनुदानको रकम समेत फिर्ता गर्नु पर्ने निर्णय गरीएकोछ ।
४) एशियाली फुटबल महासंघको ए.एफ.सी. प्रेसिडेण्टल ईनिसेयटिभ फन्ड प्रोग्राम अन्तर्गत अमेरीकि डलर
५०,०००।(पचास हजार अमेरीकि डलर) उपलव्ध गराउने भएकोमा उक्त अनुदान सहयोगलाई सदुपयोग गरी
संघलाई आवश्यक दुईवटा वातावरण मैत्री ईलेक्ट्रिक गाडी खरीद गर्ने निर्णय गरीएकोछ ।
५) बिश्व कप २०२२ को छनौट चरण तथा ए.एफ.सी. एशियन कप २०२३ प्रारम्भीक संयुक्त रुपमा संचालन
हुने दोश्रो चरणको छनौट प्रतियोगिताहरु र १३औ साग गेम्सको लागि नेपाली राष्ट्रिय पुरुष तथा महिला
राष्ट्रिय फुटबल टिम तयारी तथा प्रशिक्षण संचालन गर्ने लगाएत ए.एफ.सी.को कार्यक्रम अनुसार अक्टोबरमा
ईरानमा संचालन हुने ए.एफ.सी. फुटसाल च्याम्पियनशिप २०२० तुर्कमिनिस्तानमा सहभागी हुने नेपाली
राष्ट्रिय फुटसाल टिमलाई आवश्यकता अनुसार मैत्रीपूर्ण खेलमा सहभागी हुन र राष्ट्रिय फुटसाल टिम तयारी
गर्ने निर्णय गरीयो । साथै अगामी सेप्टेम्बरमा आयोजना हुनेसाफ यु १८ च्याम्पियनशिप फुटबल प्रतियोगिता
हल्चोक रंगशाला आयोजना गर्ने कार्यक्रम पारीत गरी उक्त प्रतियोगितामा नेपाली युवा टिम सहभागी गराउने
र अगष्टमा भारतमा आयोजना हुने साफ १५ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाली युवा टिम र
अक्टोबरमा भुटानमा संचालन हुने साफ यु १५ वुमेन्स च्याम्पियनशिप फुटबल प्रतियोगितामा सहभागी हुन
आवश्यक प्रशिक्षण तथा तयारी गर्ने निर्णय गरीएकोछ ।
६) एन्फाद्धारा संचालन भैरहेको जिल्ला लिग, बिद्यालय स्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिता तथा
अगामी दिनमा एन्फाले संचालन गर्ने एन्फा प्रेसिडेण्ट कप राष्ट्रिय लिग फुटबल प्रतियोगितालाई व्यवस्थित
रुपले संचालन गर्ने तथा संचालन गर्न तयारी गर्ने पनि यसै बैठकबाट अनुमोदन गरीएकोछ ।
७) एन्फाको कार्यक्रम अनुसार प्रदेश सरकार, प्रदेश नं. १को सहयोग र समन्वयमा १ नं. प्रदेश लिग सफलता
पूर्वक सम्पन्न भएकोमा प्रदेश सरकार, प्रदेश नं. १ र १ नं. प्रदेश लिग आयोजक समितिलाई धन्यबाद व्यक्त

गर्दै बांकी अन्य प्रदेशहरुमा पनि यसै बर्षको भाद्र महिना सम्म सम्पन्न गर्ने गरी आवश्यक तयारी तथा
सम्बन्धित प्रदेश सरकारसंग समन्वय गरी सम्पन्न गर्ने निर्णय गरीएकोछ ।
८) एन्फा अन्तर्गत गठीत जिल्लाहरु मध्ये भक्तपुर जिल्ला फुटबल संघले जिल्ला लिग सम्बन्धमा एन्फाद्धारा
तोकिएको मापदण्डहरु पुरा नगरेको तथा नभएको देखिएन आएको हुंदा संघका कार्यसमिति सदस्य श्री मधु
सुदन उपाध्यायको संयोजकत्वमा सत्य तथ्य जान्नका लागि छानबिन समिति गठन गरी आगामी ५ दिन भित्र
आवश्यक छानबीन गरी एन्फा सचिवालयलाई प्रतिवेदन बुझाउने गरी जिम्मेवारी प्रदान गरीएकोछ ।
९) अखिल नेपाल फुटबल संघले नेपाली राष्ट्रिय फुटबल टिम तथा बिभिन्न उमेर समुहको टिममा एथलेटिक्स
ट्रेनरको कार्य गर्दै आएका एथलेटिक्स ट्रेनर बिवेक बिक्रान्त अधिकारीबाट भएको कार्यलाई संघका कार्यकारी
सदस्य श्री मधु सुदन उपाध्यायको संयोजकत्वमा गठीत ३ सदस्य छानबीन समितिले पेश गरेको प्रतिवेदनको
आधारमा निजलाई तत्काल राष्ट्रिय टिममा प्रदान गरीएको जिम्मेवारीबाट मुक्त गर्ने र घटनामा संलग्न राष्ट्रिय
टिमका खेलाडीहरुलाई आवश्यक अनुशासनमा रहने गरी सचेत गराउने निर्णय गरीएकोछ ।
१०) अखिल नेपाल फुटबल संघले नेपाली राष्ट्रिय फुटबल टिमबाट अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा गोल्ड,
सिल्भर र ब्राउन्ज मेडल प्राप्त गर्ने फुटबल खेलाडीहरुलाई सम्मान स्वरुप गोल्ड, सिल्भर र ब्राउन्ज परिचय
पत्र बनाई सम्मान स्वरुप प्रदान गर्ने निर्णय गरीएकोछ ।
११) एन्फा अन्तर्गत गठीत महिला फुटबल संघका कोषाध्यक्ष तथा पूर्व राष्ट्रिय महिला खेलाडी श्री नन्दा
थापाको श्रीमान स्वर्गीय मुकन्द प्रसाद जोशीको मिति २०७६ असार २६ गतेका दिन असामहिक निधन
भएकोमा मृतआत्माको चीर शान्तिका साथै शोक शन्तप्त परिवार प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्द शोक
पारीत गरीएकोछ ।
धन्यबाद ।
मिति ः २०७६।४।१४ गते

भवदीय

(किरण राई)
प्रवक्ता
एन्फा

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP