अघिल्ला १० विश्वकपमा तेस्रो स्थानको प्ले अफ नतिजा कस्तो छ ?

एजेन्सी । रुस विश्वकप फुटबलमा आज तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा पराजित भएका दुई टोली बेल्जियम र इंग्ल्यान्डले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दै छन् ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा हुने खेलमा दुवै टोली तेस्रो हुने लक्ष्यसहित मैदान उत्रने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरु हुनेछ ।
विश्वकपको तेस्रो स्थानको लागि हुने खेललाई समेत निकै महत्वपूर्ण खेलको रुपमा लिईने गरिन्छ । किनकि यो खेल सेमिफाइनल पुगेका दुई टोलीबीचको प्रतिष्ठाको लडाई समेत हुने गर्दछ ।
पछिल्लो १० विश्वकपमा ब्राजिल, जर्मनी, नेदरल्याण्ड र फ्रान्सले समान दुई दुई पटक तेस्रो स्थानको लागि खेलेका छन् । यस्तै इंग्ल्यान्ड, क्रोएसिया,स्विडेन, पोर्चुगल,इटाली, बेल्जियम, उरुग्वे, पोल्याण्ड, बुल्गेरिया, टर्की र दक्षिण कोरियाले एक एक पटक तेस्रो स्थानको लागि खेलेका छन् ।
अघिल्ला १० विश्वकपका तेस्रो स्थानको प्ले अफ नतिजा :
|
मिति
|
आयोजक | नतिजा |
| सन् १९७८ | अर्जेन्टिना | ब्राजिल २–१ इटाली |
| सन् १९८२ | स्पेन | पोल्याण्ड ३–२ फ्रान्स |
| सन् १९८६ | मेक्सिको | बेल्जियम २– ४ फ्रान्स |
| सन् १९९० | इटाली | इटाली २–१ इंग्ल्यान्ड |
| सन् १९९४ | अमेरिका | स्विडेन ४ – ० बुल्गेरिया |
| सन् १९९८ | फ्रान्स | नेदरल्याण्ड १ – २ क्रोएसिया |
| सन् २००२ | जापान- दक्षिण कोरिया | दक्षिण कोरिया २ – ३ टर्की |
| सन् २००६ | जर्मनी | जर्मनी ३ – १ पोर्चुगल |
| सन् २०१० | दक्षिण अफ्रीका | उरुग्वे २–३ जर्मनी |
| सन् २०१४ | ब्राजिल | ब्राजिल ०–३ नेदरल्याण्ड |
















