जुडो टोलीको बिदाइ
शुक्रबार, साउन १०, २०७६खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । ताइपेइ एसियन क्याडेट तथा जुनियर जुनियर जुडो तथा ताइपेइ एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरियो ।
जुलाई २५ देखि ३० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि मोहन बम तथा महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
मोहन अस्ट्रेलियाको मेलबर्नमा रहेकाले उनी त्यत्तैबाट ताइपेइ जाने छन् । प्रशिक्षकमा दीपककृष्ण श्रेष्ठ रहेका छन् । टोली शनिबार प्रस्थान गर्दैछ ।
प्रतियोगिता सञ्चालनका लागि नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य भने यसअघि ताइपेइ गइसकेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे ।






-1748333590.jpeg&w=3840&q=75)

-1746894755.jpeg&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)




