• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
राखेप एनओसीसँग मिलेर काम गर्न तयार - सिलवाल
खेलपाटी संवाददाता
शुक्रबार, साउन १०, २०७६ खेलपाटी संवाददाता
राखेप एनओसीसँग मिलेर काम गर्न तयार - सिलवाल

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले राखेप नेपाल ओलम्पिक कमिटीसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

नेपाल ओलम्पिक कमिटीले बिहिबार नवनियुक्त सदस्यसचिव सिलवालको स्वागतमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

‘राखेप र ओलम्पिकबीच नङ्ग र मासुको सम्बन्ध हुन्छ । संघबाट नै ओलम्पिकमा प्रतिनिधित्व हुन्छ र ती संघ राखेपमा दर्ता भएका हुन्छन,’ उनले भने,‘राखेप एनओसीसँग मिलेर काम गर्न तयार छ । दुरी बढाएर होइन ,घनिष्ट भएर काम गर्नेछौं ।’

उनले ओलम्पिकमा राष्ट्रिय र अन्तर्राष्ट्रियको नाममा मौसमी विवाद देखिएकोमा अब त्यस्तो नहुने बताए ।

‘राखेपमा सुदृढ प्रशासनमाको शुरुआत भएको छ । १ हजार दरबन्दी स्वीकृत भएको छ । विशेषज्ञबाहेक १ जना पनि भर्ना गर्दिन । लोकसेवामार्फत मात्र दरबन्दी अनुसार कर्मचारी भर्ना हुने छ ।’ उनले भने ।

उनले प्रमुख प्रशिक्षकलाई जिम्मेवारी बनाउने गरी आफूले काम गरेको समेत बताएका छन् । ‘चिफ कोचले जिम्मेवारी लिनुपर्छ ।संघसँग समन्वयन गरेर अगाडी बढ्ने हो,’ उनले भने । उनले खेलकुदमा राजनीति छिर्न नदिने तर राजनीतिक दलको प्राथमिकतामा खेलकुदलाई राख्न पहल गर्ने बताए ।

‘राम्रो साउना, पौडी पोखरी बनेपछि दलका नेताहरुलाई राखेप आउने तिथि नै तय गरिदिन्छु । केहि समय भएपनि खेलकुदकलाई बुझ्ने छन् । तब खेलकुदमा सुधार हुने छ ।’

सरकारको एक स्थानीय तह एक खेल मैदानका लागि ४० करोड बजेट छु्ट्टाएको बताउँदै भने, ‘यो बजेट कम हुन्छ । तर प्रदेश र स्थानीय तहसँग समन्वयन गरेर यसलाई अगाडी बढाइन्छ ।’ राखेपमा १ अर्ब ३५ करोडको बजेट बेरुजु रहेकोमा त्यसलाई घटाउनका लागि आफ्नो प्राथमिकता रहेको बताए । स्कुलदेखि ओलम्पिक अभियानअन्तर्गत प्रत्येक स्कुलमा खेल शिक्षक राख्न सकिने बताए । ‘३६ हजार खेलकुद प्रशिक्षकले काम पाउने छन् ।’ सिलवालले भने ।

सिलवाललाई सफलताको शुभकामना दिर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले खेलकुद अनुकुल वातावारण सिर्जना गर्नुपर्ने औल्याए । उनले प्रदेशले छुट्टै खेलकुद विकास ऐन बनाएर कार्य गर्न शुरु गरेकोले त्यसलाई समन्वयन गर्नुपर्ने बताए ।

‘हिजोको विवादतर्फ जान चाहान्नौ । विगतको नकारात्मकतर्फ फर्कनु भन्दा पनि भोलीको सुखद् भविश्यका लागि जुटौ,’श्रेष्ठले भने, ‘देशमा राजनीतिक परिवर्तन भए पनि खेलकुदमा परिवर्तन हुन सकेको छैन ।’ उनले खेलकुद सबै नेपालीलाई एकै ठाउँमा उभिन सक्ने आधार भएको बताए । ‘आज नेपालमा खेलकुदको महत्व बढेको छ,’ उनले भने । उनले १३ औं दक्षिण एसियाली खेलकुदको केहि खेल प्रदेश २ मा समेत गराउनुपर्ने धारणा व्यक्त गरे । उनले खेलकुदको विकासका लागि संघको स्वायत्तता र संघमा स्वयसेवी रुपमा काम गर्ने व्यक्तित्वहरुको सम्मानको आवश्यकता औल्याए । उनले सबै सरकारको खेलकुद ऐनबिच एकरुपता ल्याउनका लागि राष्ट्रिय सम्मेलन गर्न समेत सुझाव दिए ।

सो कार्यक्रममा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पनि स्वागत गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै तिम्सिनाले खेलकुद संघको विवाद अब धेरै समय नरहने बताए । उनले १३ औं साग अघि सबै खेलको विवाद अन्त्य हुने बताए ।
सो कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिममिया अन्सारीको समेत उपस्थिति थियो । कार्यक्रममा पुरेन्द्र विक्रम लाखेले स्वागत मन्तव्य राखेका थिए भने सह महासचिव राजीव श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । सदस्यसचिव सिलवाललाई ओलम्पिक कमिटीका पदाधिकारी तथा सदस्यहरुले खादा लगाएर स्वागत गरेका थिए ।

यसैबीच नेपाल तेक्वान्दो संघले पनि नवनियुक्त सदस्य–सचिव सिलवालको सम्मान बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।

सो अवसरमा सदस्य–सचिव सिलवालले नवनिर्मित तेक्वान्दो एकेडेमी भवनमा बाँकी रहेका सम्पूर्ण कामहरु चाँडै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सागमा तेक्वान्दोबाट धेरै आशा गरिएको बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
बंगलादेश र नेपालको बराबरी
बंगलादेश र नेपालको बराबरी
गोलरहित बराबरी सकियो पहिलो हाफ
गोलरहित बराबरी सकियो पहिलो हाफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP