• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
भक्तपुर जिल्ला फुटबल संघविरुद्व ८ क्लब आन्दोलित
खेलपाटी संवाददाता
शुक्रबार, साउन ३, २०७६ खेलपाटी संवाददाता
भक्तपुर जिल्ला फुटबल संघविरुद्व ८ क्लब आन्दोलित
भक्तपुर जिल्ला फुटबल संघको विरोधमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित क्लबका पदाधिकारी । फोटो : खेलपाटी ।

काठमाडौं । भक्तपुर जिल्ला फुटबल संघविरुद्व आठ क्लब आन्दोलित भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले सञ्चालन गरेको जिल्ला लिगमा अनाधिकृत क्लबलाई सहभागी गराउँदै आफुहरुलाई पाखा लगाएको भन्दै ८ क्लब विरोधमा उत्रिएका हुन् ।

जिल्ला लिगमा दर्ता नभएका क्लबलाई सहभागी गराएको र प्रतियोगिता नियमावलीमा कृत्य गरि स्थानीय क्लबलाई निरुत्साहित बनाउने काम गरेको भन्दै स्थानीय क्लबले विरोध जनाएका हुन् ।

उनीहरुले जिल्ला संघले टिम दर्ता गर्न नमानेको, अनावश्यक रुपमा कारबाही गरेको र जिल्लाका सक्रिय क्लबलाई सहभागी हुन नदिने निहित उद्वेश्य राखेर अधिकतम दर्ता शुल्क राखेको आरोप लगाएका छन् ।

भक्तपुरमा रहेका भक्तपुर फुटबल क्लब, सत्यनारायण फुटबल क्लब, दिव्यश्वरी युवा समाज, ख्वप फुटबल क्लब, नेवालय फुटबल क्लब, थिमी युथ क्लब, ख्वप्रि फुटबल क्लब र द बेस्ट टिमले ए्रन्फाको बार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन भएको जिल्ला लिगमा सहभागी गराउन माग गरेका छन् ।

भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिले आधिकारिक निकायमा दर्ता नभएका क्लबलाई समावेश गर्दै संघले टाईसिट निकालेको भन्दै आफुहरुलाई समावेश गरेर निष्पक्ष, पारदर्शी र खुल्ला सहभागीता सहित प्रतियोगिता आयोजना गर्न माग गरे ।

उनले प्रतियोगिताका लागि सार्वजनीक गरिएको टाईसिटमा समावेश १० टिममा ६ वटा क्लब कुनै आाधिकारिक निकायमा दर्ता नभएको भन्दै आवश्यक कारबाहीका लागि एन्फा र सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

देशभरका अधिकांश जिल्लामा जिल्ला लिग सम्पन्न भएपनि भक्तपुरमा भने असार २६ गते हुने भनिएको जिल्ला लिग फुटबल प्रतियोगिता सम्पन्न भएको छैन ।

के हो भक्तपुर जिल्ला फुटबल संघको राजनीति ?

संसदीय राजनीतिमा नेपाल मजदुर किसान पार्टी अस्तित्व बचाउन संघर्षरत छ । कुनै समय देशभर प्रभाव राख्ने पार्टी अहिले भक्तपुरमा सिमित बनेको छ । अझ संघीय संसदको पछिल्लो निर्वाचनमा नेपाल मजदुर किसान पार्टी मात्र एउटा निर्वाचन क्षेत्रमा विजयी बन्यो । तर नेवार समुदायको बाहुल्यता रहेको भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको राज चल्छ । उसको आफ्नै सरकार छ, अनि आफ्नै सत्ता ।

त्यही सत्तामाथिको पडकको एउटा उदाहरण भक्तपुर जिल्ला फुटबल संघ हो । यसका अध्यक्ष गौतम सुजकु हुन् । उनी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे निकटका नेता हुन् ।

एन्फाको गत बर्ष भएको निर्वाचनमा मात्र तीन क्लबलाई समावेश गर्दै जिल्ला फुटबल संघले निर्वाचन सम्पन्न गरेको थियो । एन्फाको विधानमा जिल्ला संघ गठनका लागि १० क्लब अनिवार्य भनिएको छ ।

तर तीन क्लब भएको अवैधानिक चुनावलाई तत्कालिन एन्फा नेतृत्वले मान्यता दियो । सोही अनुसार उनीहरु एन्फा निर्वाचनको केन्द्रिय प्रतिनिधि समेत बनेका थिए । तर सो निर्वाचन अवैधानिक भएको भन्दै असन्तुष्ट पक्षले अदालतमा मुद्वा दायर गरेको थियो । पछि सो मुद्वा फिर्ता लिएर निर्वाचनको वातावरण बनेको थियो ।

अहिले भएको विवाद के हो ?

एन्फाले बार्षिक कार्यक्रम अन्तर्गत सबै सदस्य जिल्लामा जिल्ला लिग सञ्चालन गरेको छ । जिल्लामा रहेका क्लबलाई सक्रिय बनाउन र जिल्लाका क्लबको वर्गिकरण गर्ने उद्वेश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

त्यसका लागि जिल्ला फुटबल संघले सार्वजनीक विज्ञापन गर्नुपर्ने थियो । सोही अनुसार भक्तपुर जिल्लामा रहेका क्लबहरु दर्ताका लागि सम्पर्कमा पुगे । तर जिल्ला संघले क्लबहरुलाई दर्तानै गर्न मानेन ।

उल्टै अनुसासनको कारबाही गरेर सक्रिय क्लबलाई कारबाहीको घोषणा गर्यो । अनि जिल्लामा सक्रिय क्लबले प्रतियोगिता खेल्न माग गर्दै एन्फामा निवेदन दिए । एन्फाले जिल्ला संघलाई बोलाएर क्लबहरुलाई सहभागी गराएर जिल्ला लिग गर्न निर्देशन दिएको थियो । तर जिल्ला संघले केन्द्रको निर्देशन टेरेन ।

प्रतियोगिता सञ्चालन गर्न एन्फाले मुख्य दुई शर्त राखेको थियो । पहिलो अनिवार्य रुपमा १० टिम सहभागी गराउनुपर्ने र दोस्रो जिल्ला प्रशासन कार्यालय र जिल्ला खेलकुद विकास समितिमा दर्ता भएर प्यान नम्बर लिएको टिम हुनपर्ने थियो । तर जिल्ला संघले जिल्लामा सक्रिय क्लबलाई पाखा गराउदै १० टिम दर्ता गरेर टाइसिट सार्वजनीक ग¥यो । टाइसिटमा समावेश १० मध्य ६ टिम जिल्ला प्रशासनमै दर्ता नभएका क्लब परे ।

जसमा सिद्वि गणेश, स्विट सर्कल, भक्तपुर नगरपालिका क्लब, ख्वप युनाईटेड, भक्तपुर युवा टिम र भक्तपुर युथ एफसी थिए । जिल्लाका अन्य क्लबलाई सहभागी हुन नदिने उद्वेश्यले फुटबल संघले क्लबको दर्ता शुल्कनै २५ हजार रुपैयाँसम्म राखेको थियो । आफुहरुलाई बाईपास गर्दै अनाधिकृत क्लबलाई प्रतियोगितमा सहभागी गराएको भन्दै असन्तुष्ट क्लब अदालत जाने तयारी गरेका छन् ।

के हो मसला ?

एन्फाका अधिकाश सदस्य जिल्लाले नाम मात्रको जिल्ला प्रतियोगिता सञ्चालन गर्दै केन्द्रबाट पठाएको रकम पचाउदै आएका थिए । आफु निकट अझ भनौ कागजमा मात्र क्लब गठन गर्ने र त्यही बलमा जिल्ला निर्वाचन जितेर केन्द्रमा स्वार्थ लिन पल्केका नेताहरु फुटबलमा धेरै छन् ।

एन्फाले यसपटक जिल्ला लिगमार्फत जिल्लामा समेत शीर्ष डिभिजनको क्लब छनोटको ब्यवस्था गरेको छ । जिल्लाका शीर्ष डिभिजनका क्लबले एन्फाको जिल्ला निर्वाचनमा मतदानको अधिकार पाउने नयाँ व्यवस्था छ ।

जिल्ला लिगमार्फत छनोट हुने क्लबले एन्फाको जिल्ला निर्वाचन प्रभावित पार्ने भएकाले भक्तपुरको फुटबल राजनीति पेचिलो बनेको हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP