आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

कोरियामा नेपाललाई एक स्वर्ण र एक रजत

शुक्रबार, असार २९, २०७५खेलपाटी संवाददाता
कोरियामा नेपाललाई एक स्वर्ण र एक रजत
Classic Tech Internet Ad

काठमाडौं । दक्षिण कोरियामा सम्पन्न पोहाङ युनिभर्सिटी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र एक रजत पदक जितेको छ । च्याम्पियनसिपको अन्तिम दिन शुक्रबार नेपालले पाँच खेलाडी सम्मलित टिम इभेन्ट्समा एक स्वर्ण र एक रजत पदक जितेको हो ।

पोहाङमा भएको च्याम्पियनसिपमा नेपालको पुरुष टिमले फाइटतर्फ स्वर्ण पदक जितेको हो । बाई पाएर सेमिफाइनलमा पुगेको नेपालले इन्सन युनिभर्सिटीलाई हराएर फाइनल पुगेको थियो । फाइनलमा नेपालले कोरियाको टिमलाई हराएर स्वर्ण पदक जितेको नेपाली टोलीका मुख्य प्रशिक्षक दिपक बिष्टले जानकारी गराए ।

यस्तै नेपालको महिलाको टिम फाइटमा रजत पदक जितेको हो । महिला टिम इभेन्ट्सको फाइनलमा नेपाल चीनको टिमसंग पराजित हुँदै रजत पदकमा समेटिएको थियो । महिला टिम इभेन्ट्समा तीन टोलीको सहभागिता रहेको थियो ।

यो च्याम्पियनसिपमा यसअघि नेपालका पाँच खेलाडीले रजत र चार खेलाडीले कास्य पदक जितेका थिए । महिलातर्फ निशा रावल, निमा गुरुङ र अस्मिता खड्काले रजत जितेका थिए । यस्तै संगीता बस्यालले कास्य पदक जितिन् । पुरुषतर्फ अनुज पुजारी र भुपेन्द्र श्रेष्ठले रजत जित्दा सागर गुभाजु, वीर बहादुर महरा र ज्ञानेन्द्र हमालले कास्य पदक जितेका थिए ।

एसियन गेम्सको तयारीमा कोरियामा रहेका नेपाली तेक्वान्दो टोलीले आगामी हप्ता जेजु कोरिया ओपनमा प्रतिस्पर्धा गर्नेछ । जसमा दुई पुरुष र दुई महिला गरी चार खेलाडीले खेल्ने छन् ।

आगामी अगस्टमा हुने एसियन गेम्सको तयारीमा रहेका नेपाली टोलीलाई ओलम्पियनद्वय संगिना बैद्य र दीपक विष्टले कोरियामै प्रशिक्षण दिईरहेका छन् ।  नेपाली टोली आगामी १५ अगस्टमा एसियन गेम्समा सहभागी हुन कोरियाबाटै इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

काजल उत्कृष्ट निर्णायक

काजल उत्कृष्ट निर्णायक

Bajaj Pulsar Motorcycle Ad
एल क्लासिकोमा रियलको जित

एल क्लासिकोमा रियलको जित

हालान्डको गोल श्रृंखला समाप्त

हालान्डको गोल श्रृंखला समाप्त

अमेरिकासँग नेपालको लज्जास्पद हार

अमेरिकासँग नेपालको लज्जास्पद हार

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

बब्लु बने खेलकुद मन्त्री

बब्लु बने खेलकुद मन्त्री

नेपाललाई २६३ रनको लक्ष्य

नेपाललाई २६३ रनको लक्ष्य

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

घाइते बार्सिलोना !

घाइते बार्सिलोना !