कुङफुमा नेपाललाई ५ स्वर्ण
मंगलबार, असार ३१, २०७६खेलपाटी संवाददाता

काठमाडौं । दोश्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण जितेको छ । नेपालले थप १ रजत पनि जितेको बूढानीलकण्ठ उमा कुङफु क्लबका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाएका छन् ।
सञ्जयराज पुटुवारले इगल स्टायल थाउलो तथा सान्डाको ५९ केजीमा दोहोरो स्वर्ण जिते । अयुब घिमिरेले टाइगर स्टायल थाउलो र सान्डाको ५२ केजीमा दुई स्वर्ण हात पारे । सियान तामाङले स्नेक थाउलोमा नेपाललाई स्वर्ण दिलाए । तीनै खेलाडीले मिलेर टिम थाउलोमा थप १ रजत पनि जिते ।
टोलीलाई बूढानीलकण्ठ नगरपालिका वार्ड नं. ५ का अध्यक्ष विजय तामाङ, बूढानीलकण्ठ उमा कुङफु क्लबका अध्यक्ष दिनेश श्रेष्ठ, क्लबका प्रमुख प्रशिक्षक लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
प्रतियोगिता जुलाई ११ देखि १४ तारिखसम्म बंगलादेशको ढाकामा भएको थियो ।






-1752559246.jpeg&w=3840&q=75)
-1751282194.jpeg&w=3840&q=75)



%20(1)-1761905198112.png&w=3840&q=75)




