आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

निशा र निमासहित ३ खेलाडीलाई रजत, दुई खेलाडीले जिते कास्य

बिहिबार, असार २८, २०७५खेलपाटी संवाददाता
निशा र निमासहित ३ खेलाडीलाई रजत, दुई खेलाडीले जिते कास्य
Classic Tech Internet Ad

काठमाडौं । नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका सदस्य निशा रावल र निमा गुरुङले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।

कोरियाको पोहाङमा भएको दोस्रो दिनको खेलमा फाइटतर्फ निशाले ७३ केजी तौलसमूहमाथि र निमाले ५७ केजी मुनि तौलसमूहमा नेपाललाई रजत पदक दिलाएका हुन् । पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा इन्डोनेसियाकी खेलाडीलाई १५–१२ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।

फाइनलमा इन्डोनेसियाकै खेलाडीसँग २२–१० ले पराजित हुादै निमा रजत पदकमै सीमित भइन् । निशाले पनि फाइनलमा काजकिस्तानकी खेलाडीसँग ६–४ को प्रतिस्पर्धात्मक खेलमा पराजित हुँदै रजतमै चित्त बुझाइन् ।

महिलाकै ६७ केजीको सेमिफाइनलमा नेपालकी संगिता बस्याल इन्डोनेसियाकी खेलाडीसँग पराजित भएपछि कांस्य पदक जितिन् ।

पुरुषतर्फ पहिलो खेलमै कोरियाका खेलाडीसँग पराजित भएका नेपालका वीरबहादुर महरा र भुपेन श्रेष्ठले ‘सी’ क्याटोगरीतर्फ मिश्रित सफलता हात पारे । ६८ केजी तौल समूहका वीरले कांस्य पदक जिते । सोही क्याटोगरीकै ८० केजीमूनि भुपेनले रजत पदक जितेका छन् ।

टिम फाइटतर्फ भने शुक्रबार खेल हुने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए । विष्टले यो खेलबाट राम्रो अनुभवी लिँदै आगामी इन्डोनेसियामा हुने एसियन गेम्समा खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

नेपाली टोली हाल ओलम्पियनद्वय संगिना बैद्य र दीपक विष्टको विशेष प्रशिक्षणमा कोरियामा रहेका छन् । नेपाली टोली आगामी १५ अगस्टमा एसियन गेम्समा सहभागी हुन कोरियाबाटै इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

काजल उत्कृष्ट निर्णायक

काजल उत्कृष्ट निर्णायक

Bajaj Pulsar Motorcycle Ad
एल क्लासिकोमा रियलको जित

एल क्लासिकोमा रियलको जित

हालान्डको गोल श्रृंखला समाप्त

हालान्डको गोल श्रृंखला समाप्त

अमेरिकासँग नेपालको लज्जास्पद हार

अमेरिकासँग नेपालको लज्जास्पद हार

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

बब्लु बने खेलकुद मन्त्री

बब्लु बने खेलकुद मन्त्री

नेपाललाई २६३ रनको लक्ष्य

नेपाललाई २६३ रनको लक्ष्य

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

काभा कपको फाइनल होडबाट बाहिरियो नेपाल

घाइते बार्सिलोना !

घाइते बार्सिलोना !