बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

बक्सिङको विशेष प्रशिक्षण थाइल्याण्डमा

आइतबार, असार २२, २०७६खेलपाटी संवाददाता
बक्सिङको विशेष प्रशिक्षण थाइल्याण्डमा
Classic Tech Internet Ad

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग गेम्सको लागि नेपाली बक्सिङ टिमले थाइल्याण्डमा विशेष प्रशिक्षण गर्ने भएका छन् ।

साग गेम्सको तयारीका लागि बन्द प्रशिक्षमा रहेका बक्सिङ टोलीले थाइल्याण्डको बैंककमा करिब २ महिना विशेष प्रशिक्षण गर्ने भएका हुन् । थाइल्याण्ड बक्सिङ संघको सहयोगमा नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई थाइल्याण्ड पठाउन लागेको हो ।

विशेष प्रशिक्षणका लागि नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गर्नेछन् ।  विशेष प्रशिक्षणका लागि १६ तौल समूहबाट १७ खेलाडी छनोट गरिएको छ ।  नेपाली टोली भदौ १२ गतेसम्म थाइल्याण्डमा रहने छ ।

थाइल्याण्ड जाने टोलीको पुरुषतर्फ सुशील थापा मगर, तेज बहादुर देउवा, पुरन राई, सनिल शाही, भुपेन्द्र थापा, विकास लामा, दिपक श्रेष्ठ, गणेश प्रधान, अर्जुन सिंगु र आशिष दुवाडी रहेका छन् ।

महिलातर्फ सुस्मा तामाङ, ललिता महर्जन, माला राई, मिनु गुरुङ, चन्द्रकला थापा, संगीता सुनार र पुनम रावल रहेकी छिन् ।

प्रमुख प्रशिक्षकमा प्रकाश थापा मगर, वरिष्ठ प्रशिक्षकमा प्रविन तुलाधर, प्रशिक्षकमा राजु थापा र उमेश कटवाल रहेका छन् ।

यस्तै जुलाई २० देखि २८ सम्म आयोजना हुने थाइल्याण्ड ओपन अन्तराष्ट्रिय बक्सिङमा पनि नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

त्यस्तै जुलाई २२ देखि २९ सम्म इन्डोनेसियामा हुने २३ औं प्रेसिडेन्ट अन्तराष्ट्रिय बक्सिङमा नेपालबाट भुपेन्द्र थापाले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।

थाइल्याण्ड जाने नेपाली टोलीलाई आइतबार नेपाल बक्सिङ संघले विदाई गरेको छ । नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, संघका अध्यक्ष राम अवाले लगायतले विदाई गरेका थिए ।

यस्तै नेपाली टोलीलाई हालै निर्वाचित ललिपुर जिल्ला बक्सिङ संघको अध्यक्ष महेश सिंहले ट्रयाक सुट प्रायोजन गरेका थिए ।

आठौँं राष्ट्रिय खेलमा महिला ४८ केजी तौल समूहकी स्वर्ण पदक बिजेता खेलाडी सुश्मा तामाङ्ग भ्ष्तिभ प्रतियोगिता खेल्ने उमेर नपुगेको कारण दोश्रो स्थान प्राप्त गर्ने खेलाडी ललिता महर्जनले प्रशिक्षणको अवसर पाएकी छन् । तर सुश्मा पनि प्रशिक्षणका लागि थाईल्याण्ड जाने छिन ।

त्यसैगरी महिला ५१ के.जि. तौल समूहमा आठौं राष्ट्रिय खेलकुदमा प्रथम स्थान प्राप्त गर्ने खेलाडी विमला श्रेष्ठ आफ्नो स्वास्थ्यको कारण प्रशिक्षणमा समावेश हुन नसक्ने जानकारी आएको कारण दोश्रो हुने खेलाडी माला राईलाई अवसर मिलेको छ ।

पुरुष ६० के.जि. तौल समुहमा आठौं राष्ट्रिय खेलकुदमा प्रथम हुन प्रकाश इजम लिम्वु र दोश्रो भएका एकवहादुर घले आफ्नो कार्य व्यस्तताका कारण प्रशिक्षणमा सहभागिता हुन नसक्ने जानकारी गराए पछि छनोट खेलमार्फत सनिल साही छनोट भई टिममा पर्न सफल भए ।

पुरुष ८१ केजीका च्याम्पियन मनोहर बस्नेत आफ्नो स्वास्थ्यको कारण प्रशिक्षणमा जाननसक्ने भनि निवेदन दिएकाले दोश्रो हुने खेलाडी गणेश प्रधानलाई टिम प्रशिक्षणमा सहभागिता गराईएको संघले जनाएको छ ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एसियन बक्सिङमा नेपालको पदक पक्का

एसियन बक्सिङमा नेपालको पदक पक्का

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार हुने

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य

Bajaj Pulsar Motorcycle Ad
एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

लिभरपुलसँग रियल पराजित

लिभरपुलसँग रियल पराजित

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए