भारत र पाकिस्तानलाई खेलाउने अस्ट्रेलियाको इच्छा
क्रिकेट अस्ट्रेलिया (सीए) ले भारत र पाकिस्तानबीचको द्विपक्षीय शृङ्खला आयोजना गर्ने इच्छा व्यक्त गरेको छ। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एकअर्कासँग खेल्न सहमत भए शृंखला आयोजना गर्न तयार रहेको सीएले बताएको हो।















