पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटको इतिहासमै पहिलोपल्ट कार दिन लागिएको जानकारी दिएका हुन्।
नेपालले दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा मंगलबार दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ। पाकिस्तानको लाहोरमा जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो।
एसिसी यु–१९ एसिया कपका खेल्न युएई जाने नेपाली टोलीको मंगलबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको बिदाइ गरेको हो। प्रतियोगिता शुक्रबारदेखि सुरु हुनेछ।
कर्णाली याक्सले मंगलबार सिसन बानियालाई ‘युथ ब्रान्डएम्बेस्डर’ नियुक्त गरेको छ । उनी नेपाली भ्लगिङ समुदाय र नेपाली सिनेमामा परिचित छन् ।
दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मार्चन्ट डे लान्ज नेपाल नआउने भएका छन्। उनलाई नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी चितवन राइनोजले अनुबन्ध गरेको थियो।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को टिकटदर तोकेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिता मंसिर १५ देखि पौष ६ हुँदैछ।
नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मेन्टर ब्राड हज नेपाल आइपुगेका छन्। उनी सोमबार नेपाल आएका हुन्।
नेपालले दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सोमबार अफगानिस्तानलाई पराजित गरेको छ। पाकिस्तानको लाहोरमा जारी प्रतियोगितामा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो।
नेपाल प्रिमियर लिग (एनपीएपल) को ट्रफी सोमबार अनावरण गरिएको छ। सुन्धारास्थित धरहारा परिषरमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडीले संयुक्तरुपमा ट्रफी अनावरण गरेका हुन्।
भारतीय क्रिकेटरहरू इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनमा ठूलो रकम कमाउँदै गर्दा बुलावायोको मैदानमा भने पाकिस्तानका ब्याट्सम्यानहरूले जिम्बावेका बलरसामू चुनौती पेस गर्न सकेनन्।
सुरुमा राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सलाई भित्र्याउन इच्छा देखाएको थियो। त्यसपछि मुम्बई भित्रिएको हो। गत सिजन उनले राजस्थानबाट १६ खेलमा १६ विकेट लिएका थिए।