काठमाडौँ। बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा रोमाञ्चक जित हासिल गरेको छ।
शुक्रबार सम्पन्न खेलमा बागमतीले कोशी प्रदेशमाथि ७ रनको जित हासिल गरेको छ। बागमतीको यो लगातार दोस्रो जित हो।
पहिलो खेलमा बागमती मधशेसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने बागमतीले गण्डकीलाई ६७ रनको जित हासिल गरेको थियो। जितसहित बागमतील् ३ खेलबाट ४ अंक जोडेको छ।
पराजित कोशीको यो पहिलो खेल हो। बागमतीले दिएको १३८ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्रै बनायो।
कोशीका ओपनर तथा कप्तान अंकित सुवेदीले सर्वाधिक ३६ रन बनाए। १७ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे।
सुजन थपलिया ३२ रनमा आउट हुँदा कोशीका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। बागमतीका रिजन ढकालले सर्वाधिक ३ विकेट लिए। इशान पाण्डे र सुवास खत्रीले २/२ विकेट लिए।
रामनरेश गिरी, गौतम केसी र शुभ कंशाकारको नाममा १/१ विकेट रह्यो।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनायो।
बागमतीका इशान पाण्डेले सर्वाधिक ३१ रन बनाए। ३५ बल खेलेका उनले ३ चौका प्रहार गरे। सोनु देवकोटा ३० रनमा आउट हुँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
कोशीका सर्वन यादवले सर्वाधिक ३ विकेट लिए। ज्ञानेन्द्र श्रेष्ठले २ विकेट लिँदा फिरदोश अन्सारी, सौजन घिमिरे र दीपेश कँडेलको नाममा १/१ विकेट रह्यो।