काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्दी देसाईंले यूएईविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्।
देसाईंले टोलीमा साउदी अरबविरुद्ध खेलेका प्रतिश जीसीको स्थानमा सोमपाल कामीलाई फर्काएका छन्।
जीसीले साउदीविरुद्ध एक ओभर बलिङ गर्दै १० रन खर्चिएर १ विकेट लिएका थिए।
यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने छ। अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा यूएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।
प्लेइङ ११ :
रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहरा, गुल्शनकुमार झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल र ललितनारायण राजवंशी