काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीचको खेलमा अभिषेक शर्माले दमदार प्रदर्शन गरेका थिए। टोलीले ३१ रनले जित्दा उनले मुम्बईको बलिङ आक्रमणलाई लक्षित गर्दै आक्रामक प्रदर्शन गरे र सबैभन्दा छिटो अर्धशतक बनाए।
घरेलु मैदानको फाइदा उठाउँदै भारतीय खेलाडीले आफ्नो नाममा ठूलो कीर्तिमान बनाएका छन्। अभिषेकले विपक्षी टोलीविरुद्ध २३ बलमा ६३ रन बनाएका थिए। यसक्रममा उनको ब्याटबाट ३ चौका र ७ छक्का निस्केका थिए । योसँगै उनको स्ट्राइक रेट २७३.९१ थियो।
मुम्बईविरुद्धको खेलमा अभिषेकले ट्रेविस हेडको कीर्तिमान तोडे। उनले १६ बलमा अर्धशतक पूरा गरेका थिए। बुधबार खेलमा नै हेडले १८ बलमा अर्धशतक बनाएका थिए । उनले डेभिड वार्नरको कीर्तिमान तोडेका छन्। अस्ट्रेलियन खेलाडी वार्नरले सन् २०१५ मा चेन्नईविरुद्धको खेलमा २० बलमा अर्धशतक बनाएका थिए।