काठमाडौँ। शिवम दुबेको अर्धशतकमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई २०७ रनको लक्ष्य दिएको छ।
एम ए चिन्दबरम स्टेडियम टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको हो।
चेन्नईका शिवम दुबेले सर्वाधिक ५१ रन बनाए। २३ बल खेलेका उनले २चौका र ५ छक्का प्रहार गरे। यस्तै, कप्तान ऋतुराज गायकवाड र रचिन रविन्द्रले ४६/४६ रन बनाए।
अजिक्य रहाणे १२, समीर रजवी १४ र डेरिल मिचेल २४ रनमा आउट हुँदा रविन्द्र जडेजा ७ रनमा अविजित रहे।
गुजरातका राशिद खानले २ विकेट लिए। साई किशोर र स्पेसर जोनसनले १/१ विकेट लिए।