काठमाडौँ। कुशल भुर्तेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध दोस्रो विकेट लिएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले ४ विकेट गुमाइसकेका छन्।
कुशलले चौथो विकेटका रूपमा केसी कार्थीलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट गराएका हुन्। कार्थीले १६ बलमा १ चौकासहित १० रन बनाए।
यसअघि भुर्तेलले कप्तान रोस्टन चेजलाई २२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा बोल्ड गरेका थिए।