काठमाडौं । नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल लगातार शुन्य रनमा आउट भएका छन् ।
त्रिकोणात्मक क्रिकेट सिरिजको दोस्रो खेलमा भुर्तेल शुन्य रनमा आउट भएका हुन् । बुधबार नेदरल्याण्ड्सविरुद्ध उनी विवियन किङ्गमाको बलमा क्याच आउट हुन पुगे ।
नामिबियाविरुद्धको अघिल्लो खेमला उनी गोल्डेन डकआउट भएका थिए ।
राष्ट्रिय क्रिकेट टिमका आक्रमक ब्याट्सम्यानको परिचय बनाएका उनी पछिल्लो समय उत्कृष्ट ओपनरको रुपमा जमेका खेलाडी हुन् । तर पछिल्लो दुई खेलमा उनी शुन्य रनमा पोविलियन फर्किएका छन् ।
त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ्गमा उत्रिएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले शुन्य रनमा आफ्नो महत्वपुर्ण विकेट गुमाएको छ ।
नेपाललाई जितका लागि नेदरल्याण्ड्सले १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।