काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको छ ।
नेदरल्याण्ड्सका माइकल लेविटले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दै नेदरल्याण्ड्सलाई शानदार सुरुवात दिलाएका थिए । उनी कुशल मल्लको बलमा आसिफ शेखको हातबाट क्याच आउट भए ।
अर्का ओपनर मेक्स ओडाड ४ रनमा आउट भए । उनी करन केसीको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट आउट भएका थिए ।
साइब्रान्ड एनगेलब्रेक्टले अविजित ४९ रनको योगदान दिए । कप्तान स्कट एडवडर््स ३३ रनमा आउट भए । तेजा निदामानुरुले ३१ रन बनाए ।
स्कट र तेजा दुवै रन आउट भए । उनी दुवैलाई आसिफ शेखले आउट गरे । नेपालका करन केसी र कुशल मल्लले समान एक एक विकेट लिए ।
सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।
आईसीसी विश्वकप लिग टू खेल्न नेपाल आएका नामिबिया र नेदरल्याण्ड्सलाई समावेश गर्दै नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक टी ट्वान्टी सिरिज आयोजना गरेको हो ।
यो सिरिज नेपालले यस वर्ष खेल्ने टी ट्वान्टी विश्वकपको तयारीको पहिलो श्रृङ्खला हो ।