काठमाडौं । टी ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेको छ ।
सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध उत्रिएको नेपालले टस जितेको छ ।
बुधबार कीर्तिपुर मैदानमा टस जितेर कप्तान रोहित पौडेलेले सुरुवातमा फिल्डिङ गर्ने निर्णय गरेका छन् ।
नेपालको प्लेईङ सेटमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, प्रतिश जिसी, दिपेन्द्र सिंह ऐरी, गुलसन झा, करन केसी, सोमपाल कामी र ललित राजवंशी छन् ।
सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।
आईसीसी विश्वकप लिग टू खेल्न नेपाल आएका नामिबिया र नेदरल्याण्ड्सलाई समावेश गर्दै नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक टी ट्वान्टी सिरिज आयोजना गरेको हो ।
यो सिरिज नेपालले यस वर्ष खेल्ने टी ट्वान्टी विश्वकपको तयारीको पहिलो श्रृङ्खला हो ।