काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल संघर्षरत देखिएको छ ।
कीर्तिपुर मैदानमा प्रतियोगिताको आफ्नो चौथों खेलमा नेपाल नेदरल्याण्ड्सविरुद्ध ब्याटिङमा संघर्ष गरिरहेको छ ।
सुरुवाती ब्याटिङ गरेको नेपालले ३० ओभरको समाप्तिमा ६ विकेट गुमाएर मात्र ९६ रन बनाएको छ ।
नेपालका ब्याट्सम्यान नेदरल्याण्ड्सविरुद्ध रन बनाउन संघर्षरत देखिएका छन् ।
ओपनर कुशल भुर्तेल बाहेक नेपालको सुरुवाती ब्याटिङ अर्डर सस्तैमा आउट भएका छन् ।
आसिफ शेख १७ रनमा पोविलियन फर्कदा अनिल साह ७, कुशल मल्ल २ र रोहित कुमार पौडेल १६ रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी १ र भिम सार्की शुन्य रनमा पोविलियन फर्किएका छन् ।
नेदरल्याण्ड्सका विवियन किग्मा र आर्यन दत्तले समान दुई दुई विकेट लिएका छन् भने बास डी लिडेले एक विकेट हात पारेका छन् ।
नेपालले डब्लूसीएल लिग टूका सुरुवाती दुई खेल नामिबियासँग गुमाएको थियो भने नेदरल्याण्ड्समाथि जित निकालेको छ ।