काठमाडौं । नेपालका वसिर अहमदले नेपालका लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका छन् ।
यसै महिना स्कटल्याण्डमा भएको खेलमा उनले एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका थिए ।
आज केन्याविरुद्धको दोस्रो खेलमा उनले विवेक यादवको स्थानमा मौका पाएका हुन् ।
टी-ट्वान्टीमा मौका पाउने अहमद ४२ औं खेलाडी हुन् ।
घरेलु टोली केन्याविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले सुरुआतमा बलिङ गर्नेभएको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई सहज भने हुनेछैन ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
पाँच खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ ।
यता, केन्या भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।
नेपालले केन्याविरुद्ध भदौ १२ गते तेस्रो खेल खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौंथो टी-ट्वान्टी भदौ १३ गते र पाँचौ तथा अन्तिम टी-ट्वान्टी भदौ १४ गते हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।