काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार घरेलु टोली केन्यासँग दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो ।
पाँच खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ । यता, केन्या भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।
नेपालले पहिलो खेलको प्लेईङ-११ मा १ खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ ।
आजको खेलका लागि नेपालका १६ जना नै खेलाडी उपलब्ध रहने छन् ।
नेपालका लागि पवन सरार्फ तथा आसिफ शेखले ओपनिङ गर्ने सम्भावना रहेको छ ।
तेस्रो स्थानमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहँदा चौथो स्थानमा भने उपकप्तान रोहित पौडेल रहने सम्भावना रहेको छ ।
पाँचौं नम्बरमा दीपेन्द्र सिंह ऐरी तथा छैठौं स्थानमा आरिफ शेख रहने सम्भावना रहेको छ । सातौं स्थानमा आदिल आलम रहने सम्भावना रहेको छ । आठौं स्थानमा बासिर अहमदले मौका पाउदा नवौं नम्बरमा करण केसी रहने सम्भाबना रहेको छ ।
दशौँ नम्बरमा सोमपाल कामी रहँदा एघारौं स्थानमा कप्तान सन्दीप लामिछाने रहने सम्भाबना रहेको छ ।
यदी बासिर अहमदले प्लेईङ-११ मा मौका पाएमा उनको यो खेल लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु खेल समेत रहने छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख(विकेट किपर),पवन सरार्फ,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,दिपेन्द्र सिंह ऐरी,आरिफ शेख,आदिल आलम,बसिर अहमद,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने(कप्तान)