काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज बिहीबार घरेलु पहिलो टी-ट्वान्टी खेल खेल्दैछ ।
जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५मा सुरु हुनेछ ।
नेपाल जितका साथ यस सिरिजको सुरुआत गर्न चाहान्छ । घरेलु टोलीको पनि सोही लक्ष्य रहने छ ।
केन्याविरुद्ध नेपालका २ खेलाडी बाहेक १४ जनाको उपस्थिति रहने छ । तर, बुधबार बेलुका पुगेका सोमपाल कामी र विवेक यादव तथा बिहीबार बिहान केन्या पुगेका आदिल आलम लामो यात्राका कारण खेलमा नरहन सक्छन् ।
त्यस्तो रहेको अवस्थामा नेपालको प्लेईङ -११ यस किसिमको रहने छ ।
केन्याविरुद्धको पहिलो खेलमा उपलब्ध १४ खेलाडीलाई समेटेर नेपालले प्लेईङ ११ बनाउने छ ।
नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल तथा आसिफ शेखले ओपनिङ गर्नेछन् ।
तेस्रो स्थानमा देव खनाल रहँदा चौथो स्थानमा भने उपकप्तान रोहित पौडेल रहने सम्भावना रहेको छ ।
पाँचौं नम्बरमा दिपेन्द्र सिंह ऐरी तथा छैठौं स्थानमा अर्जुन साउद रहने सम्भावना रहेको छ । सातौं स्थानमा आरिफ शेख रहने सम्भावना रहेको छ । आठौं स्थानमा पवन सरार्फले मौका पाउदा नवौं नम्बरमा करण केसी रहने सम्भाबना रहेको छ ।
दशौँ नम्बरमा कप्तान सन्दीप लामिछाने रहँदा एघारौं स्थानमा किशोर महतो रहने सम्भाबना रहेको छ ।
यदी देव, किशोर तथा अर्जुनले प्लेईङ११ मा मौका पाएमा तीनै जनाका लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु खेल समेत रहने छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख(विकेट किपर),ज्ञानेन्द्र मल्ल,देव खनाल,रोहित पौडेल,दिपेन्द्र सिंह ऐरी,अर्जुन साउद,आरिफ शेख,पवन सरार्फ,करण केसी, सन्दीप लामिछाने(कप्तान) र किशोर महतो