काठमाडौं । भारतका तिब्र गतिका बलर जसप्रित बुमराहले एसिया कप क्रिकेट २०२२ गुमाउने भएका छन् ।
चोटका कारण बलर बुमराहले एसिया कप क्रिकेट गुमाउने भएका हुन् । मेरुदण्डमा समस्या देखिएपछि उनी आराममा रहेका छन् ।
भारतले घोषणा गरेको एसिया कप खेल्ने टोलीमा समेत उनी अटाएका छैनन् ।
युएईमा आयोजना हुने एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । भारत समूह 'ए' मा रहेको छ ।
समूह 'ए' मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् ।
प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । समूह 'बी' श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।