काठमाडौं । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो राबडाले आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् ।
चोटका कारण राबडाले आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका हुन् ।
एंकलको चोटका कारण राबडाले सिरिज गुमाउने भएका हुन् । चिकित्सकले उनलाई २ हप्ता आराम गर्न भनेको छ ।
दक्षिण अफ्रीकाले आयरल्याण्डसँग २ खेलको टी-ट्वान्टी सिरिज खेल्ने छ । पहिलो खेल बुधबार तथा दोस्रो खेल शुक्रबार रहेको छ ।
राबडाले इंग्ल्याण्डसँगको टेस्ट सिरिज समेत गुमाउने सम्भावना रहेको छ ।
दक्षिण अफ्रिकाले घरेलु टोली इंग्ल्याण्डसँग ३ खेलको टेस्ट सिरिज खेल्ने तालिका छ ।
पहिलो टेस्ट १७ अगस्टबाट लर्ड्समा सुरु हुनेछ ।